Erani Mahal
दुर्घटनामा घाइते पाल्पा रामपुरका युवकको उपचारकाे क्रममा मृत्यु

पाल्पा – टिप्परलाई ओभरटेक गर्ने क्रममा पाल्पा रामपुरका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका–१, हाँगेपीपलका २२ वर्षीय नारायण उचई ठकुरी रहनुभएको छ । सोही स्थानका मोटरसाइकल चालक प्रविन उचई घाइते हुनुभएको छ । 
मंगरबार साँझ पौने ७ बजेतिर लु ३१ प ६५०७ नम्बरको मोटरसाइकलमा चढेर सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पाल्पातर्फ आउने क्रममा तानसेन–८, डुमे्रमा लु २ ख ४६३१ नम्बरको टिप्परलाई ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा दुई जना गम्भीर घाइते हुनुभएको थियो । 
नारायणको थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा आजबिहान मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक प्रविन उचइको भने लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  ०६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update