Erani Mahal
पाल्पामा टिप्परलाई ओभरटेक गर्ने क्रममा दुर्घटना : दुई जना घाइते, एक गम्भीर

तानसेन – पाल्पाको डुम्रेमा मोटरसाइकलले टिप्परलाई ओभरटेक गर्ने क्रममा दुर्घटना दुई जना घाइते भएका छन् । घाइते हुनेमा रामपुर नगरपालिका–१, हाँगेपीपल बस्ने प्रविन उचई र सोही स्थानका २२ वर्षका नारायण उचई ठकुरी रहनुभएको छ । 
मोटरसाइकल पछि बस्ने नारायणको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मङ्गलबार बेलुकी पौने ७ बजेतिर सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पाल्पातर्फ आइरहेको लु ३१ प ६५०७ नम्बरको मोटरसाइकल तानसेन–८, डुम्रेमा सोही दिशातर्फ आइरहेको लु २ ख ४६३१ नम्बरको टिप्परलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । 
घाइते दुबैजनाको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update