पाल्पा - जिल्ला सुरक्षा समिति पाल्पाको आयोजनामा आउदै गरेका चाड्पर्वलाई लक्षित गरी हुन सक्ने दुर्घटनाको उद्धारको लागि कृतिम अभ्यास गरिएको छ ।
तानसेन ५ मा तानसेन रिडी सडकखण्डमा भएको कृतिम अभ्यासमा सम्भावित सडक दुर्घटना र दुर्घटना पश्चात हुने क्षति न्यूनीकरण गरी छिटो भन्दा छिटो उद्दार गर्न सुरक्षाकर्मीहरुलाई तयारी अवस्थामा राख्नको लागि सडक दुर्घटना सम्बन्धि कृतिम अभ्यास गरिएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेको अध्यक्षतामा जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख काशिका गैरेको प्रमुख आतिथ्यता, तानसेन नगरपालिकाका उप(प्रमुख प्रतीक्षा सिंजालीको बिशिष्ट आतिथ्यता तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, स्वास्थ्य कार्यालय पाल्पाका पदाधिकारी, रेडक्रस सोसाईटी पाल्पाका पदाधिकारीहरु, संचारकर्मीहरु लगायत बिभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।