Erani Mahal
माथागढीमा बजार अनुगमन : म्याद गुज्रिएका सामग्री नष्ट 

पाल्पा -  जिल्लाको माथागढी गाउँपालिकाले दशैं तिहार चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन तीव्र बनाएको छ । गाउँपालिकाको क्षेत्र भित्रको बजारहरु सराई, खहरे, देवगीर, झडेवा, गोठादी लगायतका क्षेत्रमा अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । 

 


घिमिरेका अनुसार अनुगमनको क्रममा दर्ता विना व्यवसाय संचालन गरेका, नविकरण नगरेका, म्याद गुज्रेका सामग्रीहरु विक्री वितरण गरेको पाइएको छ । म्याद नाघेका सामानहरुलाई पालिकाले जफत गरेर नष्ट गरिएको उहाँले बताउनुभयो । 

 


घिमिरेका अनुसार अनुगमनको क्रममा खाध्यान्न, दैनिक उपभोग्य सामग्री जस्तै साबुन, विस्कुट, खुर्सानी, मसला, कुरकुरे, स्प्राइट, स्याम्फु, कुरकुरे जस्ता उपभोग्य सामग्रीहरु म्याद ग्रजिएको भेटिएको छ । अनुगमनमा अहिलेसम्म ४० हजार बढीको उपभोग्य सामग्री जफत गरेर नष्ट गरिएको गाउँपालिकाले जनाएको छ । 

 


पालिकाले विभिन्न समूह बनाएर अनुगमनलाई तीव्रता दिइएको सूचना अधिकारी नित्यानन्द खनालले बताउनुभयो । खनालका अनुसार चाडपर्व लक्षित मात्रै नभई नियमित रुपमै बजार अनुगमन गर्ने योजना पालिकाको रहेको छ । 

 


गाउँपालिकाले अनुगमनको क्रममा म्याद नाघेका सामग्री जफत गरेको, कानूनसम्मत व्यवसाय संचालन गर्न अनुरोध गरेको, आगामि दिनमा गल्ति नदोहोराउने गरेर सचेत समेत गराएको खनालले बताउनुभयो । 

b303caa2-6c43-4028-89c1-999ca68d54f1-1727926705.jpeg
 

 
 
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update