Erani Mahal
शिक्षकहरूका लागि एक दिने कार्यशाला सम्पन्न


तानसेन - नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) पाल्पाको आयोजनामा शिक्षकहरुका लागि एक दिने विद्यार्थी केन्द्रित शिक्षण विधिको कक्षा कोठमा रुपान्तरण विषयक एक दिने कार्यशाला सम्पन्न भएको छ ।
पाल्पा जिल्लाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका जम्मा ६० जना शिक्षकहरु सहभागी यस कार्यशालामा क्षेत्रीय अंग्रेजी भाषाका र्यालय (रिलो) अमेरिकी दूताबास काठमाडौका प्रमुख रोजर एफकोहेनले विद्यार्थीहरुको ध्यान केन्द्रितगर्ने तरिका तथा बोलाइ क्षमताको विकासगर्ने क्रियाकलापहरु, रिलो विशेषज्ञ विश्वराज गौतमले बोर्ड खेलहरुको निर्माण, प्रश्न निर्माण र खेलको माध्यमबाट अंग्रेजीभाषा शिक्षण सिप विकास र सञ्चार सिप विकास, नेल्टा लुम्बिनी प्रदेश समिति अध्यक्ष गोपालप्रसाद वश्यालले मनोसामाजिक सिकाइ रणनीति, नेल्टा पाल्पाका अध्यक्ष कमल राज वस्यालले पेशागत विकास रणनीतिहरु, नेल्टा पाल्पाका सचिवलोकेन्द्र थापाले अंग्रेजी गल्ती सुधार गर्ने सिपविकास, नेल्टा सदस्यहरु प्रेमकुमारी थापाले अन्तरक्रियात्मक विधिका माध्यमबाट अंग्रेजी ब्याकरण शिक्षण र नेल्टा सदस्य संगिता भट्टराईले पठन सिप विकासमा कार्यशाला प्रस्तुत गर्नुभएको थियो । कार्यशालाका सबै प्रस्तुति अन्तरक्रियात्मक, सहभागितामूलक, र कक्षा कोठामा प्रयोग गर्न सहयोगी भएको सहभागीहरुले बताएका छन् ।461700670_3849540198591197_3917338312915380115_n-1727796292.jpg

कार्यशालामा रिलो अधिकारीहरुलाई सम्मान गर्नुका साथै एसइइ परीक्षामा निःशुल्क शिक्षण गरेका नेल्टा सदस्यहरुलाई प्रशंसा पत्रप्रदानगरिएकोथियो ।
कार्यक्रम नेल्टा पाल्पाका अध्यक्ष कमलराज बस्यालको अध्यक्षता, उपाध्यक्ष हरिप्रसाद घिमिरेको स्वागत र सचिव लोकेन्द्र थापाको सञ्चालनमा सम्पन्न भएको थियाे ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  २१:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update