Erani Mahal
केराबारी खण्डमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध 

पाल्पा – तीनदिनदेखी परेको अविरल वर्षातको कारण सिद्धार्थ राजमार्गको केराबारी खण्डमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । 

 


सडक डिभिजन कार्यालय पाल्पाका अनुसार पाल्पामा निरन्तरको अति भारी वर्षाका कारण केरावारी खण्डमा ठूला ढुङ्गासहितको पहिरो गएकाले सडक अवरुद्ध रहेको अवस्था छ । 

 


विभागीय ह्ववील लोडर तथा ब्याक हो लोडर परिचालन भई पहिरो पन्छाउने कार्य भई रहेको जानकारी भएता पनि निरन्तरको वर्षातको कारण र रात्रीको समय भएकाले समस्या भएको कार्यालयले जनाएको छ । 

 


निरन्तरको वर्षाका कारण पहिरो पन्छाउन कठिनाई भईरहेकोले यात्रु महानुभावहरुमा सडकको अवस्था एकिन गरेर मात्र यात्रा गरि दिनु हुन कार्यालयले सामाजिक संजालबाट समेत अनुरोध गरेको छ । 
 

सडक अवरुद्धकाे सांकेतिक तस्विर । 

 

 
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update