Erani Mahal
सीता मावि यम्घाको ६४ औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रम 

पाल्पा – जिल्लाको बगनासकाली–६, यम्घामा रहेको सिता माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम सम्पन्न भएको छ । 

 


कार्यक्रमको प्रमुख अतिथि बगनासकाली गाउँपालिका वडा नं ६ वडा अध्यक्ष लक्ष्मी प्रसाद अधिकारीले विद्यालयको उज्वल भविष्यको कामना गर्नुभयो । 

f43b590d-44b9-46dd-8973-c1a84e6b6518-1727443710.jpeg
 


कार्यक्रममा विशिष्ट अतिथि  बगनासकाली गाउँपालिका कार्यपालिका सदस्य बोमलाल सुनार, बगसकाली गाउँपालिका वडा नम्बर ६ वडा सदस्य दिननाथ बस्याल वडा सदस्य रम्भा सुनार, विद्यालय व्यवस्थापन समिति पूर्व अध्यक्ष तथा सल्लाहकार समिति संयोजक सामाजिक व्यक्तित्व जयराम बस्याल लगायत पुर्व वि. व्य.स. सदस्यहरु दिननाथ बस्याल, सुशिला बस्याल, नेत्र कुमारी पाण्डे, टंकनाथ न्यौपाने, उत्कृष्ट आमाको रुपमा सुभम सन्यासी गिरीको आमा सीता सन्यासी गिरी, अर्पणा बस्यालकी आमा यमुना बस्याललाई विद्यालयले सम्मान गरेको गरिएको थियो ।
त्यस्तै एसइइ २०८० मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरु सुभम सन्यासी गिरी, अर्पणा बस्याल, सौगात ढकाल, सुमिना बस्याल, सुदर्शन बस्याल र समीप बस्याललाई मेडल र कदर पत्रद्वारा सम्मान गरिएको शिक्षक खुमप्रसाद सारुले रानीमहललाई बताउनुभयो । विद्यालयको प्रधानाध्यापक तेजराज पाण्डेयबाट १ करोड ७ लाख २६ हजार ८ सय तेयाईस बराबरको आय व्यय प्रस्तुत गर्नुभएको थियो । 

 

7a06e932-462f-4e20-8454-656a17b6cff6-1727443710.jpeg

शुभकामना मन्तव्य दिनेहरुमा शिक्षक अभिभावक संघका अध्यक्ष तारा प्रसाद बस्याल, बाल ज्योति प्रा.वि का प्र.अ. गोविन्द पन्थी, गुगा मा.वि.का प्र.अ.जनार्दन अधिकारी, होम स्टे महासंघको केन्द्रीय उपाध्यक्ष तथा विद्यालका अक्षयकोषदाता धनीश्वर बस्याल, ने.क.पा. माओवादी केन्द्र बगनासकाली –६ का अध्यक्ष नरेन्द्रराज पचभैया, ने.क.पा.एमालेका वडा कमिटी अध्यक्ष ओम प्रकाश बस्याल, नेपाली कांग्रेस बगनासकाली वडा –६ का वडा सभापति ऋषिकेशब अधिकारी, विद्यार्थीहरुको तर्फबाट कक्षा–९ की छात्रा प्रकृति बस्याल लगायतले शुभकामना दिर्दै विद्यालयको ६४ औं वर्षसम्मको यात्राको क्रममा गरेका कामको शुभकामना दिदैं अझैं गुणस्तरीय शिक्षा प्रदानमा भूमिका खेल्न आग्रह गर्नुभयो । 

 


कार्यक्रममा २०८० सालको एसइई परीक्षामा नेपाली र गणित  विषयमा विद्यार्थीहरुमध्ये छात्र सुभम सन्यासी  गिरीलाई ४ जिपि ल्याई उत्तीर्ण गराउन सफल हुनु भएका शिक्षक क्रमश प्र.अ.तेजराज पाण्डे र खुम प्रसाद सारुलाई उत्कृष्ट शिक्षकको रुपमा सम्मान समेत गरिएको थियो । 

 


विद्यालय व्यवस्थापन समिति अध्यक्ष दायराज बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा  स्वागत मन्तव्य शिक्षक झपेन्द्र प्रसाद बस्याल र कार्यक्रमको संचालन शिक्षक रेश्मीराज बस्यालले गर्नुभएको थियो ।

 
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update