Erani Mahal
तीन वर्षे रणनीति बनाउन चेम्बर लुम्बिनीको सिङ्गो टिम पाल्पामा

पाल्पा - नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको रणनीतिक योजना कार्यशाला पाल्पाको तानसेनमा बिहीबारदेखि शुरु भएको छ । चेम्बर लुम्बिनी प्रदेशको भर्खरै अधिवेशन सम्पन्न भएपछी आगामी ३ वर्षका लागि कार्ययोजना तयार पार्न रणनीतिक कार्यशाला आयोजना गरिएको चेम्बरले बताएको छ ।

कार्यशालाको उदघाटन गर्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोसलाल श्रेष्ठले तानसेन सहित सिङ्गो पाल्पाको पर्यटन र ब्यवसायिक प्रबर्द्धनका लागि सहयोग गर्न आव्हान गर्नुभयो । स्वास्थ्य,शिक्षा र ब्यवसायका लागि तानसेन ऐतिहासिक हब हुदा हुँदै पनि पछाडी परेकोमा चिन्ता ब्यक्त गर्नुभयो । पर्यटनका दृस्टिले तानसेनमा अपार सम्भावना रहेकाले पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न आब्हान गर्नुभयो ।nnn-1726154823.jpg
 

बुटवल - पोखरा ६ लेन सडक निर्माण सम्पन्न हुदासम्म तानसेन र आसपासका पर्यट्कीय क्षेत्रमा पर्यटन पुर्बाधारहरु निर्माण गरेर लाखौं पर्यटक भित्राउन सकिने सम्भावना औल्यानुभयो । चेम्बर लुम्बिनीका अध्यक्ष टङ्क पोख्रेलले आगामी ३ बर्षभित्र लुम्बिनी चेम्बरले अन्तरास्ट्रिय,राष्ट्रिय,प्रादेशिक,जिल्ला र पालिका स्तरिय कार्यक्रम आयोजना गर्ने गरि रणनीतिक योजना बनाउने बताउनुभयो ।

अघिल्लो कार्यकालमा चेम्बरलाई बिस्तार गर्ने अधिकाम्स काम भएकाले अबको ३ बर्स उद्योगी,ब्यवसायीको अभिभावक संस्थाको रुपमा बिकास गर्ने बताउनुभयो । चेम्बरले तीनै तहका सरकारहरुसङ्ग सहकार्य गरेर अगाडी बढ्न चाहेको बताउदै त्यसका लागि साथ र सहयोग आवस्यक रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै चेम्बर लुम्बिनीका वरिष्ठ उपाध्यक्ष श्रीधर महराले ब्यवसायिक हकहितका लागि चेम्बरले कुनै कसर बाकी नराख्ने बताउनुभयो ।

परम्परागत भन्दा भिन्न गतिविधि गरेर यसपाली चेम्बरले आफ्ना गतिबिधि गर्ने बताउनुभयो । कार्यक्रमलाई सहजीकरण गर्दै प्रशिक्षक मुकुन्द ज्ञवालीले चेम्बर लुम्बिनीले आगामी ३ बर्ष गर्न सक्ने गतिविधिलाई कसरी पृथक बनाउन सकिन्छ भन्ने बिषयमा सहजीकरण गर्दै हुनुहुन्छ । चेम्बर लुम्बिनीको सिङ्गो कार्यसमिती र विभिन्न जिल्ला र नगरकार्यसमितीका अध्यक्षहरु उपस्थित भएको कार्यशालाबाट चेम्बर लुम्बिनी र मातहतका समितिहरुले गर्ने कार्यक्रमको रणनीति बनाइदैछ । सो अवसरमा चेम्बर लुम्बिनीका महासचिब शिव ज्ञवाली,उपाध्याय जे.पि कडेलेले बोल्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update