Erani Mahal
शान्ति प्राविका विद्यार्थीहरूलाई झाेला वितरण

पाल्पा - बलिहाङ ब्याडमिन्टन क्लबले शान्ति प्राथमिक विद्यालय सत्यवतीका विद्यार्थीहरूलाई  झाेला वितरण गरेकाे छ । विद्यालयमा अध्ययनरत सबै बालबालिकालाई साे क्लबले १९ थान स्कुल झाेला बितरण गरेको हाे ।

झाेला वितरण कार्यक्रममा बाेल्दै रैनादेवी छहरा -८ का वडाअध्यक्ष रेम बहादुर रानाले क्लबका पदाधिकारीहरूलाइ धन्यवाद दिनुभयाे । उहाँले टाेल-टाेलमा क्लब भएपनि गाउँमा सामाजिक काम गर्ने कम रहेकाे बताउनुभयाे । उहाँले सबै क्लबले विभिन्न सामाजिक गतिविधि पनि गर्नुपर्नेमा जाेड दिनुभयाे । 

गत वर्ष स्थापना भएकाे बलिहाङ क्लबले उदाहरणीय काम गरेकाे बताउनुभयो । क्लबले निकट भविष्यमा बृहत रक्तदान कार्यक्रम गर्ने क्लबका अध्यक्ष दिल बहादुर खाम्चाले बताउनुभयो । 

balii-1725932847.jpg
 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update