Erani Mahal
तिनाउ खोलाले बगाएर एक जनाको मृत्यु

पाल्पा – तिनाउ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । तिनाउ खोलाले बगाएर तानसेन–९, बेल्टारीका ५६ वर्षीय मानबहादुर कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । 
बुधबार दिउँशो सवा १२ बजेतिर कुमालको शब माथागढी–३, स्थित तिनाउ खोलामा फेला परेको छ । पोष्ट मार्टमका लागि शब पाल्पा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । माथागढी–३, र तानसेन–९ सिमलघाटस्थित तिनाउ खोला तर्ने क्रममा कुमाललाई खोलाले बगाएर मृत्यु भएको तानसेन–९, का वडाअध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिनुभयो । 
घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update