Erani Mahal
मोहनकन्या माविले मनायो ७४ औं वार्षिकोत्सव

पाल्पा - तानसेनस्थितमोहनकन्यामाध्यमिकविद्यालयले स्थापनाको ७४औं वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी आइतवार सम्पन्न गरेको छ ।
वार्षिकोत्सवका अवसरमा भाद्र १२ सदनात्मक, कक्षागत र खुल्ला खेलकूँद प्रतियोगिताहरू भएका थिए । त्यसैगरी भाद्रे १३ गते खेलकूँद र निबन्ध, चित्रकला, अंग्रेजीहिज्जे, कविता वाचन प्रतियोगिता र १४ गते हाजिरी जवाफ, नेपाली तथा अंग्रेजी माध्यम वक्तृत्वकला कक्षागत र सदनात्मक प्रतियोगिताहरु सम्पन्न भएका थिए । यीप्रतियोगितामा प्रथम, दितीय र तृतीय स्थान हासिल गर्ने छात्राहरुलाई भदौ १५ गते पुरस्कार वितरण गरिएको थियो ।

1725292610556-1725341646.jpg

वार्षिकोत्सवका अवसरमा आयोजित सभामा वक्ताहरुले विद्यालयको भौतिक अवस्थामा सुधार, विद्यार्थी भर्ना र गुणस्तर सुधार, ब्यवस्थापकीय सुधार र समय सापेक्ष शिक्षण विधि र प्रविधिको प्रयोग गरी गुणस्तरी शिक्षा प्रदान गर्नका लागि जोड  दिएका छन् । प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य वीर बहादुर रानाले विद्यालयको भौतिक अवस्था सुधार र गुणस्तर पक्षको बृद्धिका लागि पहल गर्ने बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथिलुम्बिनीप्रद्रेश सभा सदस्य इन्द्रा गहतराजले छोरी शिक्षाको माध्यमबाट सामाजिक जागरणका लागि विद्यालयको योगदानको चर्चा गर्नुभयो । सभामा तानसेन नगर शिक्षाअधिकृत  कोपिला न्यौपाने, नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद अधिकारी, नेकपा एमाले तानसेन नगर समिति अध्यक्ष गुराँस आत्रेय, विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष झपेन्द्र गहिरे, पूर्व प्रधानाध्यापकहरु देव प्रसाद बज्राचार्य, केशलक्ष्मीश्रेष्ठ, का. वा. वडाध्यक्ष हरि बहादुर थापा, शिक्षकहरु चोलप्रसाद ज्ञवाली, गोपाल प्रसाद वश्याल, पत्रकार भरत शर्मा रविद्यार्थी सन्ध्या पाण्डे लगायतले मन्तब्य राख्नुभएको थियो । उहाँहरुले विद्यालयले छात्राहरुलाई साधारण तथा कम्प्युटर इञ्जिनियरिङ शिक्षामार्फत समाजकालागिआवश्यक जनशक्तिमा महिलाको स्थान बढाएकोमा प्रशंसा ब्यक्त गर्दै थप सफलताका लागि कामना गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिपक ज्ञवालीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । कायक्रममा विभिन्न दाताहरूबाट प्रदान गरिएको रु एक लाख १५ हजार भन्दा बढीको छात्रबृत्ति विभिन्न जेहेन्दार, गरीवएवम् पिछडिएका र उत्कृष्ट छात्राहरुलाई वितरण गरिएको थियो । यस्तै एसइइ र एसएलसी परीक्षाहरुमा उत्कृष्ट नतिजा दिने विद्यार्थीहरु र शिक्षकहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमको विचविचमा छात्राहरुले नृत्य प्रस्तुत गरेकाथिए ।
कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विधान श्रेष्ठको अध्यक्षता र सहायक प्रधानाध्यापक रिना श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।     

 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update