Erani Mahal
कक्षा–६, का विद्यार्थीलाई दिवा खाजा खुवाउँदै माथागढी

पाल्पा - माथागढी गाउँपालिकाले कक्षा–६, का विद्यार्थीलाई दिवा खाजा खुवाउन थालेको छ ।पालिकाभित्रका १० बढी विद्यालयको कक्षा–६, मा अध्ययनरतत चार सय बालबालिकालाई गएको साउन महिनादेखि नै दिवा खाजा खुवाउन थालेको पालिकाले जनाएको छ ।
खाजानास्ता खान नपाएर कतिपय  विद्यार्थी भोकै बस्नुपर्ने अवस्थाको अन्त्य गर्न कक्षा ६ का विद्यार्थीलाई दिवा खाजा खुवाउने व्यवस्था गरिएको पालिकाका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो ।

सङ्घीय सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा खुवाएको छ । पालिकाले कक्षा ६ मा अध्ययन् गर्ने विद्यार्थीलाई दिवाखाजाको व्यवस्था गर्दा विद्यार्थी विद्यालयमा नियमित आउने र पठनपाठनमा सुधार हुने उहाँले बताउनुभयो ।

दिवा खाजावापत प्रतिविद्यार्थी प्रतिदिन १५ रुपियाँका दरले विद्यालय १८० दिनको भुक्तानी दिइनेछ । यसबाट विद्यार्थीले कक्षा छाड्ने दर घट्ने, विद्यार्थीको पोषण अवस्थामा सुधार हुने, विद्यार्थी विद्यालयमा नियमित आउने पालिकाका शिक्षा शाखा संयोजक प्रेम बाह्रघरेले बताउनुभयो ।
 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update