Erani Mahal
पाल्पाको रामपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा – पाल्पाको रामपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर–१० गेझा बर्दलेका ४० वर्षीय यमबहादुर खरुमगर रहेको प्रहरीले जनाएको छ । रामपुर–१० बर्दलेबाट रामपुरकै रामटारतिर जाँदै गरेको लु ४४ प नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार बिहान ९ बजेतिर सडक किनारमा रहेको डिभाइडरमा ठोक्किएर खरुमगर गम्भीर घाइते हुनुभएको थियो । उहाँको उपचारका लागि रामपुर अस्पतालमा लगेपनि चिकित्सकले मृत घोषणा गरेको छ । दुर्घटनाबारे थप अनुन्धान भइरहेको पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update