Erani Mahal
पूर्वमन्त्री सोमप्रसाद पाण्डेय सचिवमा निर्वाचित

पाल्पा - नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवमा पाल्पाली नेता तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेय निर्वाचित हुनुभएकाे छ । पदाधिकारीका लागि भएको निर्वाचनमा पाण्डेयले १ सय ४१ मत लिएर सचिवमा निर्वाचित हुनुभएकाे हाे । 

सचिव खुलाको पाँच पदमा २७ जनाको उम्मेदवारी परेको थियो । जसमा पाण्डेयले उत्कृष्ट मत ल्याएर सचिवमा निर्वाचित हुनुभएकाे हाे । २०३० सालमै नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएका उहाँ शिक्षण पेशामा रहेका बेला बहुदलको पक्षमा सक्रिय हुँदा २०३६ सालमा ३२ दिन जेल पर्नुभएकाे थियाे । २०४० सालमा नेकपा (माले) को गाउँ कमिटी उपसचिव बनेका पाण्डेय इलाका सदस्य हुँदै २०५१ सालपछि लगातार १७ वर्ष जिल्ला कमिटी सदस्य रहनुभयाे । त्यसपछि पाँच वर्ष राष्ट्रिय प्रतिनिधि परिषद्, केन्द्रीय विभागहरू हुँदै नेकपा (एमाले)को केन्द्रीय सदस्य र पाल्पा इन्चार्जको जिम्मेवारीमा रहनुभएकाे थियाे । केही समय वकालत गरेका पाण्डेय नेपाल बार एशोसिएसन पाल्पाको अध्यक्ष पनि हुनुभयाे ।

२०५१ सालको मध्यावधि निर्वाचनमा पाल्पा–२ बाट भारी मतले प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी २०५६, २०७० र २०७४ को निर्वाचनमा पनि विजयी हुनुभएकाे थियाे । पाण्डेयले २०६४ सालको दोस्रो संविधानसभा निर्वाचन हार्नुभयाे भने २०७० सालको दोस्रो संविधानसभा निर्वाचन जितेका उहाँ २०७२ मा उद्योगमन्त्री बन्नुभयाे । एमाले विभाजनपछि उहाँ नेकपा (एकीकृत समाजवादी)मा आवद्ध हुनुभयाे । पार्टीको पाल्पा इन्चार्ज र लुम्बिनी प्रदेश अध्यक्ष रहेका पाण्डेय २०७९ को निर्वाचनमा काँग्रेस, माओवादी सहितको गठबन्धनबाट पाल्पा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार भई नेकपा एमालेका ठाकुर गैरेसँग पराजित हुनुभएकाे थियाे । 

som-1724947229.jpg
 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  २१:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update