Erani Mahal
मोहन कन्या माविमा स्काउट दीक्षान्त सम्पन्न

पाल्पा – मोहनकन्या स्काउट प्रथम दिक्षान्त एक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ । मोहनकन्या माध्यमिक विद्यालय, तानसेन पाल्पाका २८ जना छात्राहरूलाई स्काउट मास्टर आशा आले मगरले करिव पाँच महिनाको प्रशिक्षण प्रदान गरे पश्चात् आजदिक्षान्तगरिएको हो । 
स्काउटर प्रशंसा बगाले, आराध्या राउत र शुष्मा सुवेदीले झण्डोत्तलन गरे पश्चात् सुरू भएको कार्यक्रममा स्काउट मास्टर आशाआले मगरले स्काउट ब्याच र अतिथि स्काउट मास्टर निर्मला ठकुरीले स्काउट स्कार्फ प्रदान गर्नुभएको थियो भने अतिथिहरूले सम्मान गर्नुभएको थियो । कार्यक्रममा सकाउट ट्रुप लिडर दियागाहाको नेतृत्वमा कवाज र पिटि प्रदर्शन गरिएको थियो ।
कायैक्रमका अतिथि वक्ताहरूले स्काउटका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन, सहयोगीभावना, राष्ट्र प्रेम लगायतभ्रातृत्व, विश्व बन्धुत्व, विनम्रमता जस्ता गुणहरूको विकास गर्न सहयोग पुग्ने बताएका छन् । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विधान श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि तानसेन नगरपालिका वडा नं. ४ का वडाध्यक्ष हेमन्त शाक्य र विद्यालयका प्रधानाध्यापक दिपक ज्ञवालीसमेतले छात्राहरूलाई बधाइ ज्ञापन गर्नुभयाे । कार्यक्रम स्काउट मास्टर आशाआले मगरले सञ्चालन गरेकी थिइन् ।   scout-photo-1724945784.jpg

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  २१:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update