Erani Mahal
स्वास्थ्य मन्त्री सारूद्वारा पत्रकार महासंघ पाल्पामा अक्षयकाेष स्थापना

पाल्पा - लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले आफ्नो स्वर्गीय पिताको स्मृतिमा अक्षयकोषको स्थापना गर्नुभएको छ । नेपाल पत्रकार महासंघ पाल्पा शाखाकाे एक कार्यक्रममा उहाँले आफ्नो पिता स्वः जंग बहादुर सारुको स्मृतिमा २५ हजार ५२५ रुपैयाँको अक्षयकोष घोषणा गर्नुभएको हो ।

उक्त रकमबाट आउने ब्याजबाट पाल्पामा रही स्वास्थ्य र शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई पुरस्कृत गर्ने गरी मन्त्री सारुले अक्षयकोषका घोषणा गर्नुभएको हो ।उहाँले उक्त अक्षयकाेषबाट शिक्षा र स्वास्थ्य क्षेत्रमा कलम चलाउने पत्रकारलाइ पुरस्कार प्रदान गर्ने गरी कार्यविधि बनाएर जाने बताउनुभयाे ।  शिक्षा तथा सामाजिक क्षेत्रमा क्रियाशील सारू हालै लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्रीमा नियुक्त हुनुभएकाे छ । 

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले अक्षयकोष स्थापना गर्नुभएकोमा मन्त्री सारुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

457001127_488746147355789_2838222897212597067_n-1724944689.jpg
 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  २१:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update