Erani Mahal
पाल्पाकाे सिजी सिमेन्टमा मेसिनले पेलिएर एकको मृत्यु 

पाल्पा – पाल्पा सर्देवास्थित सिजी सिमेन्ट उद्योगको मेसिनले च्यापिएर पाल्पामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ् जिल्ला त्रिपुरा–६, का ४६ वर्षीय दिनेश शर्मा रहेका छन् । 
जिल्लाको रैनादेवी छहरा–२, सर्देवास्थित सिजी सिमेन्ट उद्योगमा कोइला पेल्ने मेसिनले च्यापिएर शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । गएको मङ्गलबार सिजी सिमेन्ट उद्योगको कोइला पेल्ने मेसिन सफा गर्ने क्रममा अचानक मेसिन चल्दा शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको उहाँले उल्लेख गर्नुभयो । 
शर्माका आफन्त घटनास्थलमा आएपछि बिहीबार शवको पोष्ट मार्टमका लागि पाल्पा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update