Erani Mahal
लागु औषध सहित एक जना पक्राउ

पाल्पा – लागु औषधसहित पाल्पामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दी जिल्ला धवलागिरी–६, का ३० वर्षीय रेशम जुग्जाली रहेका छन् ।
लु १ ख ८९५० नम्बरको बसका यात्रु भएर भैरहवादेखि पाल्पा हुँदै म्याग्दी जाने क्रममा उनलाई प्रहरीले बगनासकाली–५, राम्दीबाट पक्राउ गरेको हो । 
उनको साथबाट डाइजोपाम ६५ एम्पुल, नुफिन ६६ एम्पुल, फेनेरगान ६५ एम्पुल, सिरिन्ज पाँच वटा र त्यसमा प्रयोग हुने सुई तीन थान फेला परेको छ । 
पक्राउ परेका जुग्जालीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

pakrau-palpa14-1724937175.jpg
 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update