Erani Mahal
अब पाल्पामा पहिलेजस्ताे २।३ दिन विजुली जाँदैन प्राधिकरण !

पाल्पा - नेपाल विद्युत् प्राधिकरण पाल्पा वितराण केन्द्रले गत आव २०८०/०८१ मा विद्युत् महशुल नतिर्ने एक हजार ८६ ग्राककको लाइन काटेको छ । समयमा विद्युत् महशुल नतिरी अटेर गर्ने एक हजार बढी ग्राहकको लाइन काटेको पाल्पा वितरण केन्द्रले जनाएको छ ।

 

 

जिल्लाका विभिन्न स्थानका एक हजार ८६ ग्राहकले ६० दिनभित्र तिर्नुपर्ने विद्युत् महशुल तिरेका थिएनन् । तिनलाई कारबाही स्वरुप लाइन काटेपछि छ करोड ८९ लाख ९० हजार ४०५ रुपियाँ महशुल अशुल भएको केन्द्रका प्रमुख दिलिप मरासेनीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘विद्युत् महशुल सयममा नतिर्ने ग्राहकको लाइन काटेर झण्डै सात करोड अशुल गरेका छौँ ।’ लाइन काट्नासाथ बक्यौता रकम अशुल गरेर पुन लाइन जोडिएको उहाँले जानकारी दिनुभयाे ।

 

 

उहाँका अनुसार ३७० ग्राहक कालोसूचिमा परेकामा ५३ जना ग्राहकबाट आठ लाख १३ हजार ४९९ रुपियाँ अशुल गरिएको छ । यस्तै गत आवमा नेपाल टेलिकमको ट्रङ्क लाइनवापतको १२ लाख ३३ हजार ५०९ रुपियाँ भुक्तानी लिइएको छ ।

प्राधिकरणले काठको पोल हटाउने अभियान अन्तर्गत ५० प्रतिशत काठका पोल हटाएको र बाँकी ५० प्रतिशत कााठका पोल यो आवभित्रै हटाउने लक्ष्य लिएको जनाएको छ । प्राधिकरणले विद्युत् सेवा गुणस्तरीय बनाउन ३० वटा ट्रान्सफर्मर र आठ वटा वितरण ट्रान्सफर्मर जडान गरेको छ । यस्तै जिल्लाको निस्दी, माथागढी र तिनाउका विभिन्न वडामा विद्युत् लाइन बिस्तार गरेको कार्यालयका कर्मचारी अरुण भण्डारीले जानकारी दिनुभयो ।

 

 

यस्तै ३३ केभी प्रशारण लाइनका गुणस्तर सुधार तथा वैकल्पिक लाइन बिस्तार, तानसेनमा नाङ्गो तार हटाउने अभियान अन्तर्गत २४ किलोमिटर एविसी केबल तार बिस्तार गरिएको, तानसेन खानेपानी आयोजनाका लागि विद्युत् लाइन सुधारको काम गरेको उहाँले बताउनुभयो । यस्तै तानसेन नगरपालिकाले सडक बत्तीवापत प्राधिकरणलाई दिनुपर्ने झण्डै नौँ करोड बक्यौता रकम मासिक बुझाउने सहमति भएको, जिल्लाका विभिन्न स्थानमा सिंचाई र खानेपानीका लागि सहुलियतमा विद्युत् जडान गरिएको केन्द्रले जनाएको छ ।

 

 

अब पाल्पामा पहिलेजस्ताे २।३ दिन विजुली जाँदैन

यसैबीच पाल्पाकाे मुख्य विद्युत लाइनमा समस्या भए गुल्मी, स्याङ्जा, अर्घाखाँची जिल्लाबाट वैकल्पिक लाइन जाेड्ने व्यवस्था भएकाे प्राधिकरणले जनाएकाे छ । पहिलेजस्ताे बुटवलतिरबाट मात्रै लाइन आउने व्यवस्था थियाे । अब बुटवलकाे पनि अधिकांश स्थानमा सिद्धार्थ राजमार्गबाट तार पाेल विस्तार गरिएकाले केही वर्षअघिजस्ताे पाल्पामा २/३ दिन विद्युत नहुने अवस्था नआउने केन्द्रका प्रमुख मरासेनीले जानकारी दिनुभयाे । विद्युतमा प्राकृतिक प्रकाेपका कारण ठूलाे क्षति भए १ दिनभरमै बन्छ सक्ने अवस्था बनेकाे छ उहाँले भन्नुभयाे ।

 
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update