अनव्रत खटिराछु पूरा गर्न रहरलाई
सम्झनाले छाक टार्छु आँसुलाई सितन बनाइ कहरमा कटाइराछु परदेशी यो जीवनलाई
मलम बनी फोन गर्छेउ दुखेको यो मनको माझमा सुन्दा पनि आराम मिल्छ आमा तिम्रो आवाजमा
जबसम्म आमाबाबा तिम्रो हात सिरमा हुन्छ । डगमगाउने छैन कत्ति उद्देश्यले शिखर चुम्छ
दुई चार छाक नखाए नि हलचल देखाउँदैन जिउले। शक्ति अझै सञ्चित छ है स्वदेशको त्यो मह घिउले
नेपाली वीरताको पहिचानलाई पछ्याउनेछु। सगरमाथा जस्तो सिर झुक्न दिन्न ठड्याउने छु
रहर कसलाई हुन्छ होला आफ्नो देशको माटो छोड्न बुढा भाका बाउआमालाई छोडी मुग्लानतिर उड्न
संस्कार र संस्कृतिलाई कहिले पनि भुल्ने छैन। जिम्मेवारी कुल्चिएर कहिल्यै कतै डुल्ने छैन
पैसा फल्ने बोट छैन यहाँ भौतारिदै डुल्नुपर्छ कडा कडा मेहनत र परिश्रमले टिप्नुपर्छ।
कर्तव्यलाई बिर्स्या छैन जिम्मेवारी भुल्या छैन। तिम्रा सपना पूरा गर्न कुनै कसुर छोड्या छैन ।
यसो निधार तातो भए तीन दिन भोकै बस्थिन आमा एक सयचारको ज्वरोमा नि छोड्न पाउन्न अहिले काम
आफ्नो भन्ने कोही देखिन्न बिरानो यो संसारमा कठै कहिल्यै हुँदैन कोही कसैको नजरमा
सोचेकै छु आफ्नो देसमा फर्की केही गर्नलाई रोइरहेको आफ्नै देशको मुहार फेर्नलाई ।
बिर्सनलाई कहाँ सक्छु र गुन्द्रुक तामा आटोलाई सिगार्नलाई आउँछु आमा आफ्नो देशको माटोलाइ