पाल्पा । जिल्लाको रोटरी क्लव अफ पाल्पा लुम्बिनीको सातौ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । क्लवले सातौ वर्षमा प्रवेश गरेको अवसरमा प्रेसिडेन्ट प्रदिप खनालले रोटरी वर्ष २०२४÷०२५ को योजना प्रस्तुत गर्देै सामाजिक कार्यलाई निरन्तरता दिएर क्लवको उचाई अझ बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
कार्यक्रमका प्रमुख अतिथि आर आइ डि ३२९२ डिस्ट्रिक गर्भनर इलेक्ट विनोद कोइरालाले क्लवले अघि सारेका योजनाहरुलाई समयमानै सम्पन्न गर्न आग्रह गर्दे आवश्यक सहयोग डिष्ट्रिकबाट गर्ने प्रतिवद्धता समेत जनाए । क्लवका चार्टर प्रेसिडेन्ट गोपाल बहादुर पोखरेलले समाजिक क्षेत्रमा लागेका सहयोगी मनहरुलाई एक सुत्रमा बाँधी समाजिक रुपन्तरण अभियानमा लाग्न आग्रह गर्दै आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयाे ।
क्लवका इमिडेट पास्ट प्रेसिडेन्ट रमेश न्यौपानेले समसामयिक चुनौति तथा अवसरलाई आ—आफ्नो ठाउबाट हातेमालो गरि क्लवले अघि सारेका कार्ययोजनालाई पुरा गर्न सकिने विश्वास व्यक्त गर्नुभयाे । वर्ष ०२३÷२४ मा यस क्लवले विभिन्न विधामा अवार्ड प्राप्त गरेको साथै आगामी वर्षहरुमा सरहानिय कार्य गर्न अफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गनुभयो ।
क्लवका पास्ट प्रेसिडेन्ट तथा तानसेन नगरपालिकाका प्रमुख सन्तोष लाल श्रेष्ठले क्लवले उठाएका सामाजिक कार्यलाई पूरा गर्नका लागि सहकार्य गरि काम गर्ने बताउनुभयाे ।
क्लवका असिस्टेण्ट गर्भनर संजीव शर्मा रेग्मीले छोटो समयमा सामाजिक क्षेत्रमा सराहनिय कार्य गरेको र आगामी दिनमा पनि असल कार्य सम्पादन गर्न शुभकामना दिनुभयाे ।
क्लबले अघि सारेका योजनाहरुलाई डिस्ट्रिकबाट हुने सहयोगलाई पहल गर्ने आर आइ डि ३२९२ पब्लिक इमेज चिएर अमित गिरि आर आइ डि ३२९२ चिएर डिस्ट्रिक फेसिलेटर सुरज क्षेत्री, आर आइ डि ३२९२ वटर एण्ड सेनिस्टेसन चिएर दिनेश मानान्धर ले प्रतिवद्धता व्यक्त गर्नुभयाे । रोटरी क्लव अफ पाल्पा लुम्बिनीले छोटो समयमानै धेरै सामाजिक कार्यमा सफलता हासिल गरेको त्रिभुवन वहुमुखी क्याम्पसका प्रमुख टंक प्रसाद भट्टराई तथा पाल्पा उधोग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले शुभकामना मन्तवमा जोड्नु भयो ।
रोट¥याक क्वल अफ पाल्पा लुम्बिनी सुमित ठकुर तथा रोट¥याक क्वल अफ देवदहका दिपिन गौतमले क्लव संग हातेमालो गरि समाजिक कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । क्लवका भिपि कृष्ण प्रसाद पराजुलीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम क्लवका सचिव मुक्तिराम भुषालको संचालन,क्लवका सदस्यहरुको बाक्लो उपस्थितीमा कार्यक्रम सम्पन्न भएको क्लवका सदस्य भक्तिराम न्यौपाने ले जानकारी दिनुभयाे ।