Erani Mahal
तिनाउ नदीमा डुबेर एक बालककाे मृत्यु, एक वेपत्ता

पाल्पा - रूपन्देहीस्थित तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । एक बालक बेपत्ता भएका छन् ।  बुटवल उपमहानगरपालिका-११ श्रृजनानगरमा आफन्तकोमा आएका २ बालक नदीमा पौडी खेल्ने क्रममा शुक्रबार नदीमा बेपत्ता भएका थिए । बेपत्ता भएका बालकमध्ये बागलुङको बरेङका १२ वर्षीय विवश खत्रीको शव पौडी खेलेको स्थान भन्दा केही तल नदी छेउमा भेटिएक थिए । 

यस्तै अर्का बालक भने अहिलेसम्म फेला पर्न सकेका छैनन् । आफ्नी आमासँग सानी आमाको घरमा बुटवल सिर्जनानगर आएका  विवश खत्री र सैनामैना नगरपालिका बस्ने ८ वर्षीय बिप्रन पाण्डे तिनाउ नदीमा बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार दुवै बालक दिदी बहिनीका छोराहरु रहेकाे प्रहरीले जनाएकाे छ । पौडी खेल्न गएका ३ जनामध्ये दुई जनालाई नदीले बगाएको देखेपछि सँगै गएका अर्का बालकले आफन्तलाई खवर गरेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update