Erani Mahal
पाल्पा उद्योग वाणिज्य संघद्वारा व्यवसायीलाई कर शिक्षा प्रदान  

सुनिता अधिकारी 
पाल्पा –
जिल्लाको पाल्पा उद्योग बाणिज्य संघको आयोजनामा व्यवसायिहरुलाई कर शिक्षा प्रदान गरिएको छ । 


करदाता सेवा कार्यालय तानसेनसँगको समन्वयमा कर शिक्षा कार्यक्रम सम्पन्न भएको हो । पाल्पा जिल्लाको तानसेन लगायत आसपासका गाउँपालिकामा व्यवसाय गर्दै आएका व्यवसायीहरुलाइ कर शिक्षा कार्यक्रम गरिएको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताउनुभयो ।

 
आर्थिक बर्ष २०८१ लागे संगै कर तथा विल विजकमा आएको समस्याका बारेमा कर कार्यालय पाल्पाका कर अधिकृत सन्तोष सुवेदीले सहजीकरण गर्नुभयो । साथै HS Code सम्बन्धी जानकारी दिनु भएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि कर कार्यालय पाल्पाका अधिकृत सन्तोष सुवेदी, पाल्पा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष राजु महर्जन, उपाध्यक्ष उत्तम कुमार बज्राचार्यले कर सम्बन्धी व्यवसायीलाई जानकारी दिएमा राज्यले कर उठाउने कुरामा सहजहुने बताउनु भयो ।
कार्यक्रम पाल्पा उद्योग बाणिज्य संघ पाल्पाका कोषाध्यक्ष विनायक महर्जनको संचालन र अध्यक्ष शैलेन्द्र भट्टराइको अध्यक्षतामा भएको थियो । 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update