Erani Mahal
नेपाल राष्ट्रिय शिक्षक संगठन पाल्पाले  ज्ञापनपत्र बुझायाे

पाल्पा – नेपाल राष्ट्रिय शिक्षक संगठन पाल्पाले आज शिक्षा विकास तथा समन्वय इकाईमा ज्ञापनपत्र बुझाएको छ । 

 


केन्द्रीय कार्याक्रम अनुसार मंगलवार १० वटै स्थानीय तहमा ज्ञापन पत्र बुझाएको संगठनले आज समन्वय प्रमुख महेन्द्र सुवेदीलाई ज्ञापन पत्र बुझाएको हो । 

 


शिक्षकको पेशागत हकहित, सुरक्षा, सेवासुविधा लगायतको माग सहित जिल्ला अध्यक्ष मोहन प्रसाद सापकोटाको नेतृत्वमा ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै समन्वय प्रमुख सुवेदीले आफूले माथिल्लो निकायमा ज्ञापन पत्र फरवाड गरेको र केन्द्रीय र नीति निर्माण तहबाटै समस्या समाधानमा लाग्नुपर्ने बताउनुभयो । 

 


कार्यक्रममा केन्द्रीय सदस्य रामप्रसाद ढकाल, प्रदेश महासचिव सुरेश  गौतम जिल्ला तथा पालिका स्तरका नेताहरुको उपस्थिति रहेको थियो । 
 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update