Erani Mahal
तानसेन नगरपालिकाद्वारा ५०% अनुदानमा सामग्री वितरण 

पाल्पा– जिल्लाको तानसेन नगरपालिकाबाट ५०% अनुदानमा किसानलाई कृषि सामग्री वितरण गरिएको छ  ।

 


तानसेन नगरका विभिन्न वडाहरुबाट कृषकहरुको मागको आधारमा कृषि सामग्रीहरु वितरण गरिएको नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । श्रेष्ठको अनुसार कृषि सामग्रीले किसानलाई थप व्यवसायिक बन्न र उत्पादन वृद्धि गर्ने लक्ष्य सहित नगरसरकारले अनुदानमा उपलव्ध गराएको हो । 

 


कृषकलाई मिनिटिलर ४७ वटा, च्यापकटर १५ वटा, डिजिटल तराजु ५८ वटा, मौरी घार ३ सय ५० वटा, आधार चाका १ सय केजी, क्युन गेट ३० वटा, महदानी ४ वटा धुवादानी ४ वटा वितरण गरिएको उपप्रमुख प्रतिक्षा सिंजालीले बताउनुभयो । यस्तै पन्जा ७ वटा, टोपी २६ वटा वितरण गरिएको छ । 

 


नगर उप प्रमुख प्रतिक्षा सिंजालीको अध्यक्षतामा भएको कार्यक्रममा, वडा अध्यक्षहरु,प्रमुख प्रशासकीय अधिकृत हरीराम नागिला लगायतको उपस्थिति रहेको थियो । 
 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update