Erani Mahal
लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले ५ मन्त्रीको नाम टुंगो लगायाे

पाल्पा -  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य प्रदेश सरकारमा काँग्रेसका तर्फबाट मन्त्रीहुनेहरुको नाम टुंगो लागेकाे छ ।

 

 

लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले पनि ५ मन्त्रीको नाम टुंगो लगाएको छ । मंगलबार राती कांग्रेसले बर्दियाका जन्मजय तिमिल्सिनाको नेतृत्वमा गुल्मीका धनेन्द्र कार्की, प्यूठानका रोज राणा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मीलाई मन्त्री बनाउने निर्णय गरेको कांग्रेस लुम्बिनीका एक नेताले जनाएका छन् ।

 

 

 

कांग्रेसबाट अहिले मन्त्री बनाइएका मध्ये रोज राण मात्रै यसअघि मन्त्री बनेका हुन् अरु सबै नयाँ हुन् । मन्त्रीको टुंगो लगाउन देउवा निवास पुगेका कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीपनि मुख्यमन्त्रीसंगै फर्केको बताइएको छ ।
 

 

 
 
 
 
 
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update