Erani Mahal
सिद्धार्थ राजमार्गको हिउँदे खोला सडक खण्ड बन्द हुने !

पाल्पा – जिल्लाको पाल्पा बुटवल सडक खण्डको हिउँदेखोला क्षेत्रमा सडक बन्द हुने भएको छ ।  विगत केही दिन देखिको बर्षाको कारण सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउँ गाउँपालिका वडा नं. ३ स्थित हिउँदे खोला सडक खण्डमा बाटो भासिएकाले त्यस क्षेत्रमा मर्मतको लागि बाटो बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर जानकारी दिएको छ ।

प्रशासनका अनुसार हाल सो स्थानमा एकतर्फी रुपमा सवारी साधन सुचारु रहेको, सडक डिभिजन कार्यालयबाट सो को मर्मतको कार्य भैरहेको र सडक अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेकाले अत्यावश्यक बाहेक यात्रा नगर्नुहुन एवं अत्यावश्यकीय मालवाहक साधन बाहेक अन्य साधनहरु नचलाउनुहुन अनुरोध छ प्रजिअ आनन्द काफ्लेले भन्नुभयो । सिद्धार्थ राजमार्गमा अहिले लगातार पानी परेका कारण बाटो जोखिम रहेकाले यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गर्नुभयो ।

सूचनामा भनिएको छ सडक जुनसुकै अवस्थामा पनि बन्द हुने जोखिम रहेको तथा प्राविधिकले समय समयमा जाँच गरेर मात्र सवारी साधन चल्नुपर्ने अवस्था देखिएकोले निम्न नम्बरहरुमा सम्पर्क गरेर मात्र सवारी साधन चलाउनुहुन अनुरोध छ।

सम्भावित क्षति न्यूनिकरण गर्नका लागि मिति २०८१।४।९ गते वेलुका ७ बजे देखि विहान ६ बजे सम्म अर्को व्यवस्था नभएसम्म सिद्धार्थ राजमार्गको पाल्पा जिल्ला तिनाउँ गाउँपालिका वडा नं. ३ स्थित हिउँदे खोला सडक खण्डमा सम्पूर्ण सवारी साधनहरु आवतजावत गर्न बन्द गरिएको व्यहोरा अनुरोध छ ।

 सो समयमा एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन चलाउनुपर्ने अवस्थामा निम्न नम्बरमा सम्पर्क गरी अनुमति लिएर मात्र चलाउनुहुन अनुरोध छ। साथै ठूलो पानी परेको वा सडकमा थप क्षती भएको खण्डमा प्राविधिकको राय वमोजिम आकस्मिक रुपमा जुनसुकै समयमा आंशिक वा पूर्णरुपमा सवारी साधनहरु आवतजावत गर्न बन्द गरिने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ।

सम्पर्क नम्बरहरुः

जिल्ला प्रहरी कार्यालय, पाल्पा १००/९८५७०६०३००

जिल्ला ट्राफिक प्रहरी कार्यालय, पाल्पा ९८५७०९१५००

सडक डिभिजन कार्यालय, पाल्पा, सब इन्जिनियर विधान नेपाल ९८४४७७६३९३

 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update