Erani Mahal
पाल्पामा ७४ जनामा डेंगी पुष्टि, सबैभन्दा बढी तानसेनमा !  

पाल्पा – जिल्लामा ७४ जनामा डंगी रोग पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाको अनुसार लामखुट्टेको टोकाईबाट लाग्ने डेंगी रोग लागेका विरामीहरु विभिन्न अस्पतालमा जाँचको क्रममा पत्ता लागेको हो । 

 


स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख राजेन्द्र गिरीका अनुसार डेंगी रोग जिल्लाका ४२ र बाहिरी जिल्लाका ३२ गरेर ७४ जनामा संक्रमण देखिएको हो । पाल्पाको हकमा सबैभन्दा बढी तानसेन र कम तिनाउमा संक्रमण देखिएको छ । 

 



जिल्लाका सबै स्थानीय तहलाई खोज र नष्ट गर अभियान संचालन गरेर डेंगी नियन्त्रणमा लाग्न स्वास्थ्य कार्यालयले अनुरोध समेत गरेको छ । डेंगीबाट बच्न लामखुट्टेको टोकाईबाट बच्न र स्वास्थ्य सजगता अपनाउन समेत कार्यालयले अनुरोध गरेको छ । 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update