Erani Mahal
नेत्रज्योति संघ पाल्पाको वार्षिक समिक्षा गोष्ठी 

पाल्पा – जिल्लामा रहेको नेपाल नेत्र ज्योति संघ  र पाल्पा  लायन्स  लाकौल आँखा अस्पताल र उपचार केन्द्रको समिक्षा गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा पाल्पा  लायन्स  लाकोल आँखा  अस्पतालका  आउट रिच को अर्डिनेटर सन्तोष  दर्जि, कालीगण्डकी  आँखा  उपचार  केन्द्रका इन्चार्ज सुन्दर राना, तिनाउन्  आँखा उपचार  केन्द्रका इन्चार्ज  रमेश  साहनी र रैनादेबि छहरा  आँखा  उपचार  केन्द्रका इन्चार्ज  मनोज शर्माले आ–आफ्ना अस्पताल  र उपचार  केन्द्रहरुको   बार्षिक प्रतिबेदन  प्रस्तुत  गर्नुभयो । 

 

 


पाल्पा लायन्स लाकौंल आँखा अस्पतालका लेखापाल  जीबनाथ गैरेले  आर्थिक  प्रतिबेदन  प्रस्तुत  गर्नु भएको  थियो । सो अबसरमा कालीगण्डकी  आँखा उपचार  केन्द्रका संयोजक भिम बिस्व भट्टराईले रामपुर  आँखा  उपचार केन्द्रको समस्यनहरु बारेमा  जानकारी  गराउनु भएको  थियो । कार्यक्रममा अस्पताल  र उपचार  केन्द्रहरु लाइ दातृ  तथा  स्थानीय  निकाय  जिल्लामा रहेको  विभिन्न  सामाजिक  संघ  सस्थाहरु सित  समन्वय  गरेर अगाडि  बढ्नु पर्ने बताउनुभयो । 

 


उहाँले आखा उपचार  सेवा लाइ थप गुणस्तरीय  र प्रभाकारि बनाउनु पर्ने, सरकारले चस्मामा लगाइएको  कर  लगाउदा  मुल्य  बढाउन  बाध्यता  भएको र सेवाग्राहीहरु मारमा परेकोले केन्द्र  सित  छलफल  गर्नु पर्ने सुझाव प्राप्त भएको थियो  । कार्यक्रममा डाक्टर  सुचेन पुन अस्पताल  र उपचार  केन्द्र   स्तर  वृद्धिका लागि विभिन्न  सुझाव  दिनु भएको  थियो ।

 


कार्यक्रममा नेपाल नेत्र  ज्योति  संघका उपाध्यक्ष  भीमसेन कार्कीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्वागत गर्नुभयो, सचीव  राजेन्द्र  लिगलको सन्चालनमा र संघका अध्यक्ष  बुद्धि  प्रसाद शर्माको सभापतित्वमा कार्यक्रम भएको हाम्रा प्रतिनिधि राजेन्द्र लिगलले रानीमहललाई बताउनुभयो । 
 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update