Erani Mahal
एसईईमा तानसेनका स्कुलका नतिजा कस्ताे : हेर्नुहोस् तथ्यांक !

पाल्पा – एसइई २०८० को नतिजा सार्वजनिक भएसँगै जिल्ला सदरमुकाम तानसेनका  विद्यालयहरुले कस्तो नतिजा ल्याए भन्ने चर्चा सेलाइ सकेको छैन । यहाँका सामुदायिक विद्यालयहरुले आफू जिल्लाकै अव्वल भनेर प्रचार प्रसार गरेता पनि तथ्यांकमा उनीहरुको डाटा कस्तो छ सबैलाई थाह नहुन सक्छ । जिल्लाको तानसेन नगरपालिकाबाट यस वर्ष सामुदायिक तर्फ १८  र संस्थागत तर्फ १३ वटा विद्यालयले सहभागिता जनाएका थिए । 

 


तानसेनमा सबैभन्दा बढी विद्यार्थी एसईईमा सहभागि गराउने विद्यालय जनता माध्यमिक विद्यालय हो । विद्यालयले यस वर्षको एसईईमा १२६ जना विद्यार्र्थी सहभागिता गराएको विद्यालयका शिक्षक रामप्रसाद ढकालले बताउनुभयो ।


ढकालका अनुसार जेभिटिले पाल्पा जिल्लाका अन्य पालिका भरीकै नतिजाको तुलनामा सर्वाधिक विद्यार्थीहरु उत्र्तीर्ण गराएको छ । यहाँ नेपाल प्रथम जिपिए ४ सहित १२ जना विद्यार्थीले ३.६ भन्दा माथिल्लो जिपिए ल्याएका छन् ।

 

जनता माविका उत्सव ढुंगानाले कक्षा १ देखि नै सामुदायिकमा पढेका उनले ४ जिपिए हाँसिल गरेको विद्यालयका प्रधानाध्यापक हरीप्रसाद घिमिरेले बताउनुभयो । उहाँले सरकारी विद्यालयमै नर्सरीदेखि पढेका विद्यार्थी पनि नतिजामा अव्वल हुन्छन् भन्ने कुरा अहिलेको नतिजाले जनता माविले दिएको उहाँले बताउनुभयो । 

 

अभिभावक र  शिक्षककाे मेहनत साथ सहयाेग भएमा सामुदायिक  विद्यालयले समेत राम्राे नतिजा दिन सक्ने घिमिरेले बताउनुभयाे । 

 


यस्तै तानसेनमा मर्ज र बन्द हुन थालेका सामुदायिकमा समेत विद्यार्थीहरु राम्रो उत्र्तीर्ण भएका छन् । पाल्पा सदरमुकाम तानसेनको देववाणी र भुषालडाँडा मावि बन्द हुन थालेका थिए तर यहाँ व्यवस्थापकीय कुशलताले पछिल्लो समयमा अभिभावकको मन जितेको छन् । तर नतिजाको हिसावले भुषालडाँडाले थप मेहनत गर्नुपर्ने देखिन्छ । सामुदायिक विद्यालय तर्फ सबैभन्दा बढी जनता मावि र संस्थागत तर्फ न्यू होराइजनले बढी विद्यार्थी पास गराएको छ । 
तानसेन नगरपालिकाबाट परीक्षामा सहभागि ९९५ जनामा ५ सय ८ जना उत्र्तीर्ण भएका छन् ।  तानसेनमा सामग्रमा ५१.२ प्रतिशत विद्यार्थी पास भएका छन् । सामुदायिक विद्यालयको उत्र्तीण प्रतिशत ३८ रहेको छ भने संस्थागतको ७५ प्रतिशत रहेको छ । समग्र नगरको शिक्षा उत्र्तीर्ण प्रतिशतमा सामुदायिक विद्यालयको योगदान ७४.७ छ भने संस्थागत विद्यालयको योगदान २५.३ प्रतिशत रहेको छ । 

 


३.६ भन्दा माथि जिपिए हाँसिल गर्ने सामुदायि विद्यालयको संख्या भने दयनीय देखिन्छ । तानसेनका १८ मध्ये ८ वटा विद्यालयले ३.६ माथि जिपिए ल्याउन सफल भएको छ । 

 


तानसेन नगरपालिकाका शिक्षा शाखा प्रमुख कोपिला न्यौपानेका अनुसार तानसेनको सिकाई उपलव्धी कम हुनुमा दक्ष, तालिम प्राप्त शिक्षकले तालिम, दक्षता र सीपलाई कक्षाकोठामा प्रयोग गर्न नसक्नु रहेको बताउनुभयो । उहाँले कोभिड पछि विद्यालयको सिकाई स्तर खस्कदै गएको र त्यसलाई कभर गर्ने गरेर कतिपय विद्यालयले शैक्षिक गतिविधि नगरेका कारण समेत सिकाई प्रभावित भएको हो । 

 


उहाँले तानसेन सदरमुकाम भएता पनि दरबन्दी न्यून रहेको माध्यमिक विद्यालयहरुमा दरबन्दी मिलान, मर्ज आदि गरेर भएपनि विद्यालयमा शिक्षक व्यवस्थापन गरिएको बताउनुभयो । उहाँले नगरपालिकाले नगर अनुदानमा शिक्षक व्यवस्थापन, तालिम, मेन्टरिङ्ग लगायतका कामसँगै शैक्षिक संगै खेलकूद र विभिन्न गतिविधिहरुमा विद्यालयलाई सहयोग गरेको बताउनुभयो । आगामि दिनमा नतिजा सुधारको लागि नगरपालिकाले प्रभावकारी योजना सहित अनुगमन र सुपरिवेक्षणलाई निरन्तरता दिइने बताउनुभयो ।

 


तानसेनमा कुन स्कुलमा कति पास भए हेर्नुहोस् तथ्यांक :

cae494f3-a37a-45a2-a30f-69a1b1fdd6df-1721443730.jpeg
 

स्रोत : तानसेन नगरपालिका शिक्षा शाखा । 

 
 
प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update