Erani Mahal
वर्षातले पाल्पा सहित देशभरको जनजीवन प्रभावित 

पाल्पा - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम तर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ ।

 


मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर साधारणतयादेखि पूणर्तया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

 


कोशी, बागमती , गण्डकी , लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।

 


भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

 


वर्षातले ग्रामिण सडकहरुमा समस्या
तीनदिनदेखि परेको वर्षातको कारण पाल्पा लगायतका आसपासका ग्रामिण क्षेत्रका सडकहरुमा समस्या परेको छ । वर्षातले गर्दा यि सडकहरुमा यातायात आगवनमा समेत समस्या रहेको छ । 

 


हिड्दा सर्तकता अपनाउन आग्रह 
लगातारको वर्षात् भएकाले हिड्डुल गर्दा सचेत रहन प्रशासनले सबैमा आग्रह गरेको छ । वर्षातको समयमा केही कतै क्षति भएमा सम्बन्धित क्षेत्रको प्रहरीमा खबर गर्न समेत अनुरोध गरिएको छ ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update