Erani Mahal
पाल्पाकाे जनता मावि र दरैठाटी माविका विद्यार्थीले ल्याए चार जिपिए

पाल्पा – आज प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइइ)को परीक्षामा पाल्पाका दुई जना विद्यार्थीले जिपिए ४ प्राप्त ल्याएका छन् । जनता मावि, तानसेन र दरैठाटी मावि रामपुरका विद्यार्थीले ४ जिपिए ल्याएर एसइइ उत्तीर्ण गरेका हुन् । 
जनता मावि, तानसेनका उत्सव ढुङ्गाना र दरैठाटी मावि रामपुरकी पूर्णिमा कुवरले चार जिपिए ल्याएर उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाले जनाएको छ । दुबै जना विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययन्रत विद्यार्थी हुन् । Picture2-1719485690.png

गत २०८० चैत महिनामा भएको परीक्षामा पाल्पाबाट चार हजार १८२ जना सहभागी भएका थिए । तीमध्ये एक हजार ११७ जना उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयो । उत्तीर्ण भएकामध्ये १०५ जना विद्यार्थी ३.६ जिपिएदेखि चार जिपिए ल्याएका छन् । यस्तै २८२ जना विद्यार्थीले ३.२ जिपिएदेखि ३.६ जिपिए, ४३७  जनाले २.८ जिपिएदेखि ३.२ जिपिए, २८१ जना विद्यार्थीले २.४ देखि २.८ जिपिए ल्याएका छन् । यस्तै २ देखि २.४ जिपिए ल्याउने १२ जना विद्यार्थी रहेका छन् । 
जिल्लाका कुल चार हजार १८२ जनाले एसइइ परीक्षा दिएकामा दुई हजार ६१० जना ननग्रेड भएका इकाइ प्रमुख सुवेदीले बताउनुभयो । पाल्पाबाट कुल परीक्षार्थीमध्ये २७ प्रतिशत बढी उत्तीर्ण भएका छन् । 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update