Erani Mahal
पाल्पामा गहना सहित चाेर पक्राउ

तानसेन - पाल्पामा एक जना चारलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बगनासकाली-२, का ४० वर्षीय अर्जुन काेइराला रहेका छन् । उनलाई बाप्र ०२-०४३ प २५६४ नम्बरकाे माेटरसाइकलमा बसेकाे अवस्थामा बगनासकालीबाट पक्राउ गरिएकाे हाे ।

 

 

उनकाे साथबाट चार थान सुनकाे गहना, तीन थान माेबाइल, २० वटा सिमकार्ड, नगद १८ हजार ६०० सय र माेटरसाइकल बरामद गरिएकाे छ। गत जेठ १५ गते तानसेन-१२ कि नन्दकुमारी खप्तरीले लगाएकाे दुई ताेलाकाे सुनकाे सिक्री चाेरी भएकाे थियाे । उनकाे खाेजी गर्ने क्रममा काेइराला पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयाे ।

 

bidut-palpa-1718590515.jpg
 

 
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update