Erani Mahal
साहित्यकार न्यौपानेको ‘ज्योतिर्गमय’ कृति लोकार्पण

तानसेन – साहित्यकार एवं पत्रकार निलकण्ठ न्यौपानेले लेख्नुभएको ‘ज्योतिर्गमय’ आत्मकथाको लोकार्पण गरिएको छ । शनिबार पाल्पाको पर्यटकीय एवं धार्मिक स्थल रम्भादेवीको मन्दिर परिसरमा उक्त कृतिको लोकार्पण गर्नुभएको हो । प्रश्रित प्रतिष्ठान नेपाल रुपन्देहीका अध्यक्ष एवं साहित्यकार प्रा.डा. कपिल लामिछाने, प्रतिनिधिसभाका सदस्य नारायणप्रसाद आचार्य, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापालगायतले कृतिकाे लाेकार्पण गर्नुभएको हो । 448192607_1201076004667852_2864456324683470534_n-1718467554.jpg

कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार प्रा.डा. लामिछानेले प्रकाशित आत्मकथा पुस्तक लेखक  आफ्नै जीवनी रहेको बताउनुभयो । पुस्तकमा लेखकले बाल्यकालदेखि भोगेका अनुभव, अनुभूति तथा यथार्थ भोगाई समेटिएको बताउनुभयो । उहाँले लेखकको भनाई र पुस्तकबाट आफूले रम्भापानीलाई चिन्न सकेको बताउनुभयो । विशिष्ट अतिथि प्रतिनिधि सभाका सदस्य नारायणप्रसाद आचार्यले नेपाली भाषामाथि प्रहार भइरहेको अवस्थामा न्यौपानेले लेख्नुभएको कृतिले नेपाली भाषा र साहित्यको उत्थान र विकासमा सहयोग पु¥याउने विस्वास गर्नुभयो । गाउँ, समाज र देशलाई सही दिशातर्फ डो¥याउन यस्ता साहित्यसिर्जनाको आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले साहित्यकार न्यौपानेले आफ्नो जीवनको भोगाई पुस्तकमा उल्लेख गरेको र त्यसले अर्को पुस्तामा ज्ञान संचार गर्न सहयोग मिल्ने बताउनुभयो । 

448192607_1201076004667852_2864456324683470534_n-1718467554.jpg

448168914_1246569810083309_3476952819701588538_n-1718467611.jpg

448195026_426377950309874_4182411894067337350_n-1718467611.jpg


कृतिमाथि समीक्षात्मक टिप्पणी गर्नुहुँदै साहित्यकार डा. टंक पन्थले समाजमा रहेका उज्यालो पक्षलाई कृतिमा समेटिएको बताउनुभयो । उज्याला पक्षका सन्देशले पाठकलाई सत्मार्गमा अघि बढ्न प्रेरणा मिल्ने पन्थको भनाई छ ।
कृतिका लेखक न्यौपानेले रम्भापानीमा आफूले बाल्यकालमा गरेको तपस्याबाट वृहत ज्ञान प्राप्त गरेकाले त्यसको ऋण तिर्न आफूले मन्दिर परिसरमा पुस्तक विमोचन गरेको बताउनुभयो । लेखक न्यौपानले मादक पदार्थ निरन्तर सेवन गर्ने अम्बली मानिसजस्तै आफू लेख्नमा अम्बली बनेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, म त्यसै खाली बस्न सक्दिन, सुर्ती खाने मानिसको जस्तो लेखिहाल्ने, हात काम्दै लेख्ने मेरो अम्बली बानी छ ।’ निरन्तर लेख्ने बानीले नयाँ कृति प्रकाशित गर्न सहयोग मिलेको उहाँको भनाई छ । 
कार्यक्रममा पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगोपाल सिंह, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले लेखकको निरन्तर लेखाईका लागि शुभकामना दिनुभयो । कार्यक्रम रम्भा पर्यटन विकास प्रतिष्ठानका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षता, सचिव प्रकाश श्रेष्ठको स्वागत र धवल पुस्तकालयका महासचिव राजेशकुमार अर्यालको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा रम्भादेवी पर्यटकीय स्थलको प्रचारप्रसार र विकासका बारेमा समेत चर्चा गरिएको थियो । 

khadeye-ad-1718515608.jpg
 

 

Bidut-1718538679.jpg

 

rambha-1-1718586361.jpg

purba-1-1718586355.jpg

nisdi-1-1718586355.jpg

 
 
प्रकाशित मिति: शनिबार, असार १, २०८१  २१:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update