Erani Mahal
रामपुर नगरपालिकाका वडा सदस्यहरुलाई एक दिने अभिमुखिकरण

पाल्पा,रामपुर नगरपालिकाका वडा सदस्यहरुलाई एक दिने अभिमुखिकरण प्रदान गरिएको छ । रामपुर नगरपालिकाले १० वटा वडाका वडा सदस्यहरुलाई शुक्रबार अभिमुखिकरण प्रदान गरेको हो । वडा सदस्यहरुको काम कर्तव्य र अधिकार,स्थानीय सरकार सञ्चालन ऐन ,योजना,प्रशासनीक काम,लेखा सम्बन्धी व्यवस्था लगाएतका विषयमा अभिमुखिकरण प्रदान गरिएको हो ।

 

  कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले जनप्रतिनिधी संग जनताको अपेक्षा बढि हुने भन्दै हरेक जनप्रतिनिधी सबै जवाफदेही हुनु पर्ने बताउनुभयो । जनताको हरेक समस्या संग जनप्रतिनिधी जोडिए पनि कानुनी प्रक्रिया र व्यवस्था बारे जानकारी दिन नसक्दा जनप्रतिनिधी र जनतविचको सम्बन्ध टाढा भएको बताउनुभयो । हरेक विषयको छिटो परिणाम खोजे पनि कानुनी बाधाका कारण जनताको समस्या सामाधान गर्न नसकिने उल्लेख गर्नुभयो । साथै हरेक तहगत संरचनाका जनप्रतिनिधीले जनतालाई केन्द्रमा राखेर काम गर्न आफ्नो काम कर्तव्य र अधिकार बारे जानकार हुनु पर्ने बताउनु भएको छ । यस्तै उपप्रमुख बाल कुमारी थापाले जनताको आवश्यकता र आशा जनप्रतिनिधी संग धेरै हुने भन्दै सबै विषयमा पूर्ण जानकार हुन आवश्यक रहेको बताउनुभयो । साथै जनताको हरेक समस्याको समाधानका लागि कानुनी रुपमा सहजिकरण गर्न आग्रह गर्नु भएको छ ।

 

   कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले दैनिक वडा र नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा बारे जनप्रतिनिधीले सहजिकरण गरे थप सहज हुने बताउनुभयो । यस्तै रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं.१ का अध्यक्ष कपिल बहादुर खाँणले जनप्रतिनिधीको दैनिक कामकाजको प्रक्रिया बारे जानकारी दिई सजिलो बनाउनका लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । होटल नमस्ते पाल्पा रामपुर वेझाँडको सभाहलमा भएको कार्यक्रममा विभिन्न सिफारिस ,अनुमति, लगाएत सेवाको प्रक्रिया,स्थानीय सरकार सञ्चालन ऐन,जनप्रतिनिधीको काम कर्तव्य र अधिकार, वडा समितिको बैठक सञ्चालन ,नगर सभाको सञ्चालन वार्षिक नीति तथा कार्यक्रम र बजेट ,योजना,टोल विकास संस्था, विषयगत समितिको काम कर्तव्य र अधिकार ,लेखा तथा भुक्तानी प्रक्रिया, विभिन्न संघ संस्था र व्यवसाय दर्ता ,निर्णय प्रक्रिया लगाएतका विषयमा सहजिकरण गरिएको थियो ।

 

  कार्यक्रमको सहजिकरण रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डित,नगर प्रवक्ता एवं वडा नं.१ का अध्यक्ष कपिल बहादुर खाँण,प्रशासन अधिकृत तथा सुचना अधिकारी युवराज पन्थी,योजना शाखा प्रमुख विक्रम बस्नेत र लेखा शाखा प्रमुख सिता न्यौपानेले गर्नु भएको थियो ।   रामपुर नगरपालिकाको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा १० वटै वडाका वडा सदस्यहरुको सहभागिता रहेको थियो ।

bagnas-1-ghatna-copy-1718528933.jpg
 

nisdi-1-1718585179.jpg

matha-gau-1-1718585179.jpg

tinau-1---1718585185.jpg

प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update