Erani Mahal
 सार्वजनिक प्राविमा बालभित्ते पत्रिकाको प्रकाशन 

पाल्पा - तानसेन नगरपालिका वडा न १२ वौघापोखराथोकमा रहेको श्री सार्वजनिक प्राथमिक विद्यालयले बालभित्ते पत्रिका निकाल्न शुरु गरेको छ । बालभित्ते पत्रिकाको एक समारोहका विचमा तानसेन नगरपालिका वडा न १२ का वडा अध्यक्ष मेजर सि केसीले शुभारम्भ गर्नुभयो ।  

सो अवसरमा आफ्नो भनाई राख्दै वडा अध्यक्ष केसीले बालवालिकाहरुले कितावी ज्ञान मात्र नभएर आफ्नो प्रतिभाहरुलाई वाहिर उजागर गर्ने यो  निकै राम्रो र उदाहरणीय  काम भएको चर्चा गर्नुभयो । उहाँले यस्तो रचनात्मक क्रियाकलापहरुले विद्यार्थीहरुको प्रतिभा के छ भनेर अभिभावक,शिक्षक,शिक्षिकाहरुले थाहा पाउने भएकोले पनि भविश्यमा बालबालिकाहरु के बन्न चाहन्छन अहिले बाट नै उनीहरुले बाटो समात्न सजिलो हुने बताउनु भयो । साथै उहाँले यस्ता रचनात्मक काम गर्ने विद्यालयहरुलाई वडाले सहयोग गर्ने बचन समेत दिनुभयो ।447745132_1177823139922666_2750847022160171482_n-(1)-1718416973.jpg

सो अवसरमा आफना भनाई राख्दै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र नेपालले बालप्रतिभाको पहिचान गर्न भित्ते पत्रिका निकै सहयोगी हुने विचार राख्नु भयो । साथै उहाँले विद्यार्थीहरुको माग र रुचीलाई ध्यान दिएर भित्ते पत्रिकाको शुरुवात गरिएको र तानसेन नगरपालिका भित्र प्राथमिक विद्यालयहरुमा यस्ता अतिरिक्त क्रियाकलाप गर्ने यो विद्यालय अगुवा रहेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक रामकुमारी थापाले विद्यार्थीहरुको  सहयोगबाट नै भित्ते पत्रिका निकाल्न सकिएको बताउदै यसलाई पुस्तकको रुपमा समेत ल्याउन पहल भैरहेको बताउनुभयो ।
 भित्ते पत्रिका प्रत्येक महिनाको अन्तिम शुक्रवार प्रकाशन हुने भएको छ । पत्रिकाको सम्पादन मण्डलको संयोजकमा प्रिती विक रहनु भएको छ भने सदस्यहरुमा जेनिसा राना,सम्रिन राना,कर्मा दर्लामी,विनायक थापा, दिपा रुचाल र इव्राहिम विक रहनु भएको छ । 
२०१७ सालमा स्थापना भएको यो विद्यालय तानसेन नगरपालिका भित्र रहेका विद्यालयहरुमा प्राथमिकतर्फ उत्कृष्ठ विद्यालय रहेको छ ।  अग्रेजी माध्यमवाट पढाई हुने उक्त विद्यालयमा हाल ५० जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन । विद्यालयले फूलवारी,लघुसंग्रहालय,पुस्तकालय लगायतका नमूना कामहरु गर्दै आईरहेको छ । सो अवसरमा विद्यार्थीहरुलाई विद्यालयको पोशाक समेत वितरण गरिएको थियो ।

bagnaskali-1718419090.gif

khade-ad-3-1718522249.jpg
 

 
प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update