Erani Mahal
कौडेलेकमा स्थानीयबासीकाे सहयाेगमा दृश्व अवलोकन पूर्वाधार निर्माण

पाल्पा – पाल्पाको माथागढी गाउँपालिका–३ स्थित कौडेलेकमा स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न दृश्व अवलोकन पूर्वाधार (भ्यु टावर) निर्माण गरिएको छ । स्थानीय बासिन्दा, भारतीय भूपूसैनिक, ब्रिटिस तथा अन्य देशमा कार्यरत ओलेसका बासिन्दाले कौडेलेकमा दृश्य अवलोकन स्थलको निर्माण गरेका हुन् । 
दृश्व अवलोकन पूर्वाधार भ्यु टावरको उद्घाटन गर्नुहुँदै लुम्विनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले ओलेस गाउँ र कौडेलेकलाई भौतिक विकास मात्र नभई स्थानीयकाे आर्थिक र सामाजिक  विकाससँग जाेडेर जानुपर्नेमा जाेड दिनुभयाे । उहाँले होमस्टे सहितको पर्यटकीय क्षेत्रका रुपमा कौडेलेक र ओलेसलाई विकास गर्न सकिने र त्यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । स्थानीय बासिन्दा सक्रिय भएर भ्यु टावर निर्माण गर्नु आफैमा अत्यन्तै सह्रानीय कार्य रहेको प्रदेशसभा सदस्य सारूकाे भनाइ छ । 

448022064_441048662125538_4672024399186371157_n-1718379862.jpg

448068972_441048975458840_4953008718277003383_n-1718379864.jpg

 

 

448021514_441048845458853_7978933650825308709_n-1718379861.jpg


यस्तै माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले कौडेलेक आफैमा पर्यटकीय स्थल भएपनि साेचे अनुसारकाे विकास हुन नसकेकाे बताउनुभयाे । उहाँले गाउँपालिकाले पर्यटकीय पूर्वाधार निर्माणका साथै हाेम स्टे संचालनका लागि तालिममा स्थानीयलाइ सहयाेग गरेकाे बताउनुभयाे । उहाँले स्थानीय सरकारले ओलेसका जनताको माग अनुसार लगानी गर्न तयार रहेको उल्लेख गर्नुभयो । लुम्विनी प्रदेश सरकारका पूर्व मन्त्री रमा घर्तीले ओलेस र कौडेलकको विकासका लागि प्रचारप्रसारको अभाव रहेको र प्रचारप्रसार गर्नुपर्ने कुरामा जोड दिनुभयो । 448131095_441048788792192_593109220780142246_n-1718379865.jpg
जिल्ला समन्वय समिति सदस्य केशमाया सुनारले होम स्टे सञ्चालनले माथागढी गाउँपालिका लगाएत ओलेसको विकासमा महत्वपूर्ण भुमिका खेल्ने दावी गर्नुभयो । माथागढी–३ का वडाअध्यक्ष तेजबहादुर घर्तीमगरले ओलेस र कौडेलेकको विकास गर्ने जनप्रतिनिधिले चाहाना भएपनि चाहना अनुसार लाग्न नसकेकाे बताउँदै आगामी दिनमा ओलेस र कौडेलेककाे विकासलाइ प्राथमिकतामा राखेर अघि बढ्ने विस्वास दिलाउनुभयाे । नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले जनताको चाहनाले मात्र ओलेस र कौडेलेक जिल्लाकै पर्यटकीय क्षेत्रका रुपमा विकसिक हुने धारणा राख्नुभयो । 
कार्यक्रममा निर्माण समितिका सचिव ज्ञानबहादुर चिदीले भ्यु टावर निर्माणका लागि १३ लाख ७७ हजार रुपियाँ संकलन भएको जानकारी दिनुभयो । कार्यक्रममा समाजसेवी जनकराज शर्मा, दिव्य ज्योति माविका पूर्व प्रअ नारायणप्रसाद अधिकारी, जगतबहादुर थापा, टोल संयोजक खुमबहादुर सुर्यबंशीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रम निर्माण समितिका अध्यक्ष डुबलसिंह आलेको अध्यक्षता, उपाध्यक्ष टोपबहादुर सारुको स्वागत र शिद्धबावा प्राविका पूर्व प्रअ कृष्ण रानाको संचालनमा सम्पन्न भएको हो । 

कौडेलेक पाल्पाको सबैभन्दा अग्लो स्थान हो । जहाँबाट तराईतर्फका बुटवल, भैरहवा, सु्नौली, भारतको नौतनवा, गोरखपुरलगायतका क्षेत्रको दृश्य अवलोकन गर्न सकिन्छ । यस्तै उत्तरतर्फ दर्जनौ हिमश्रृङ्खलाहरू हेर्न सकिने स्थानीय बासिन्दा पदमबहादुर घर्तीमगरले बताउनुभयाे । कौडेलेक समुद्री सतहदेखि एक हजार ८३६ मिटर अग्लो स्थानमा रहेको छ । यस्तै कौडेलेकको काखमा मगर समु्दायको मात्र बसोबास रहेको ओलेस गाउँ रहेको छ ।  तानसेनदेखि बाँसटारी-झडेवा सडक भएर २२ किलाेमिटर यात्रा गरेर काैडेलेक पुग्न सकिन्छ । 448184919_441048902125514_775794916958167099_n-1718379871.jpg

 
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  २१:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update