Erani Mahal
बालिकालाई बलात्कार गरेको आरोपमा एक अहेब पक्राउ

पाल्पा - बालिकालाई बलात्कार गरेको आरोपमा रिब्दीकोट गाउँपालिका-५ कुसुमखोलाका ३५ वर्षीय बृहस्पति पचभैया पक्राउ परेका छन् । बलात्कारकाे अभियाेगमा पचभैयालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताउनुभयो ।

गत शनिबार १४ वर्षीया बालिकालाई बलात्कार गरेको खुलेको छ। पचभैया तानसेनस्थित एक स्वास्थ्य चौकीमा अहेव पदमा कार्यरत छन् । आइतबार पीडितले दिएको जाहेरीका आधारमा जबरजस्ती करणीमा मुद्दा  दर्ता भएको श्रेष्ठले बताउनुभयो । जिल्ला अदालत पाल्पाबाट ५ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

bises-napi-1718529061.jpg
 

 
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  २०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update