Erani Mahal
एमाले पाल्पाकाे दशौँ जिल्ला अधिवेशन सुरु

नेकपा एमाले पाल्पाको दशौँ जिल्ला अधिवेशन सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको अधिवेशनको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गर्नुभयो ।

 

सम्मेलनमा जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले राजनैतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । अधिवेशनमा ४७७ जना प्रतिनिधि सहभागी भएका छन् । अधिवेशनमा एमाले महासचिव पोखरेल, सचिव पदमा अर्याल, एमाले नेता लिला गिरी, ठाकुर गैरेलगायतका नेताहरुले बोल्नुभएको छ ।

 

अधिवेशन भोलिसम्म चल्नेछ । अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । नेतृत्वका लागि हालका जिल्ला सचिव भोजराज पोखरेल (रामजी र पूर्व सचिव ओमबहादुर घर्तीमगरको चर्चा छ । यद्यपी नेताहरुले सहमतिका आधारमा नेतृत्व चयन गर्ने जनाएका छन् । निर्वाचनको प्रक्रिया भने भोलिदेखि सुरु हुनेछ ।

 
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update