Erani Mahal
जिल्लास्तरीय अन्तरमावि वक्तृत्वकला प्रतियाेगिता सम्पन्न

तानसेन – जिल्ला स्तरीय अन्तरमावि वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार तानसेनमा भएको प्रतियोगितामा महेन्द्रबोधी माध्यमिक विद्यालयका विराट केसी प्रथम भएका छन् । यस्तै सौभाग्य माविकी स्वइच्छा ढुंगाना दोस्रो र देववाणी माविकी सन्जु न्यौपाने तेस्रो भएकी छिन् । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १२ हजार, ८ हजार र ५ हजार नगदसहित पुरस्कार पाएका छन् ।  
‘गणतान्त्रिक नेपालमा युवाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल र शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदीले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । विद्यालयमा अध्ययन्रत विद्यार्थीहरूको अन्तरनिहीत क्षमताको विकास गर्न र वाक कलाको विकास गर्न प्रतियोगिताको आयोजना गरिएको इकाई प्रमुख सुवेदीले बताउनुभयो । कार्यक्रममा विजयीलाई बधाई दिनुहुँदै समन्वय प्रमुख खनालले प्रतियोगिताले विद्यार्थीका बीचमा आपसी प्रतिष्पर्धाको भावना जागृत गराउने बताउनुभयो । 

ccc-1716302014.jpeg

cccc-1716302015.jpeg


यसैबीच गत बैशाख १९ गते भएको वक्तृत्वकला प्रतियोगितामा विजेता विद्यार्थीहरूलाई समेत मंगलबार पुरस्कार वितरण गरिएको छ । सो प्रतियोगितामा बेथल बोर्डिङ्की केमिम थापा प्रथम, भुसलडाँडा माविकी स्वस्तिका बस्याल र दमकडा माविकी शिवा रानाभाट तेस्रो भएकी छन् । प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई नगद १२ हजार, ८ हजार र ५ हजार, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । कार्यक्रम इकाई प्रमुख सुवेदीको अध्यक्षता र शाखा अधिकृत वसन्तराज भट्टको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update