Erani Mahal
एमालेका प्रतिनिधि र युवाकाे चाहना अनुसार अध्यक्षमा उठ्छु पाेखरेल

पाल्पा – नेकपा एमालेको जिल्ला अधिवेशन नजिकिदै गर्दा नेतृत्वमा को आउने भन्ने चर्चा परिचर्चा सुरु हुन थालेको छ । जिल्ला अधिवेशन नजिकिएसँगै एमालेबाट अध्यक्षको उम्मेद्वार को बन्ने भन्ने चर्चा सुरु भएको छ भने सबैले आफूनो तहमा छलफल चलाउन सुरु गरेका छन् । एमालेमा पछिल्लो समय जिल्लामा युवाको नेतृत्व आउनुपर्ने चर्चा चलेको छ । अन्य पाटीमा समेत युवा नेतृत्व आएको अवस्थामा एमालेले दोस्रो पुस्ताको युवालाई नेतृत्वमा ल्याउनुपर्ने आम पाल्पाली नेता कार्यकर्ताको चाहना रहेको छ । एमाले पाल्पाको यहि जेठ ११ र १२ गते १० औं जिल्ला अधिवेशन हुँदैछ । 

 


निर्वाचनको समयमा फिल्डमा खट्ने, युवाको मन जित्ने, हकि स्वभाव आम नेता कार्यकर्ताकाे मन जित्न सफल विद्यार्थी राजनीतिबाट चर्चामा आएकाे हुँदा पाेखरेल अहिलेकाे अध्यक्षमा आउनुपर्ने एमालेका नेता कार्यकर्ताहरुले बताउने गरेका छन् । पाेखरेल विकासका काममा समेत निरन्तर खटिदै आएकाे र  गाउँगाउँमा छनौट भएका अधिवेशन प्रतिनिधि र युवाहरुकाे साथ र समर्थन रहेकाे साथै एक कार्यकाल सचिवमा बसेर काम गरिसकेकाे हुँदा आफ्नो  अध्यक्षमा दावी स्वभाविक नै रहेको  भोजराज पोखरेल (रामजी) ले रानीमहललाइ बताउनुभयाे  ।

उहाँ युवा विद्यार्थी राजनीतिबाट आएका नेतृत्व र संगठन निर्माणमा खरो उत्रिने भएका कारण समेत रामजी पोखरेल अध्यक्ष बन्नुपर्ने तर्क कार्यकर्ताहरुको दावी रहेको छ ।  अहिले पूर्व र पाका भन्दा पनि कार्यकर्ताले युवा खोजेकाले युवाको नेतृत्व नै हुन सक्ने एक नेताले रानीमहललाई बताउनुभयो । 

 

 


अहिले राजनीतिमा युवा आउँदा विकास र संगठनमा समेत सकारात्मक प्रभाव पार्ने र अन्य दलबाट समेत युवाहरुको आर्कषण थप हुने एमाले पाल्पाको सचिव समेत रहनुभएका नेता पोखरेलले बताउनुभयो । उहाँले अहिलेसम्म औपचारिक छलफल अध्यक्ष यहि हुने भन्ने नभएपनि आमपाल्पाली नेता कार्यकर्ताकाे साथ सहयोग भएमा आफू अध्यक्ष भएर जिल्लाको नेतृत्व गर्न तयार रहेको बताउनुभयो ।

 


उहाँले पार्टी विभाजनको समयमा समेत आफूले पार्टीका नेताकार्यकर्तालाई विचल्ली हुन नदिएर पाल्पामा पार्टीलाई एक ढिक्का बनाउन सफल भएको बताउनुभयो । उहाँले आफू अध्यक्ष भएमा सबैलाई मिलाएर लैजाने समेत बताउनुभयो । 

 


रैनादेवी छहरामा जन्मिएका पोखरेल अहिलेका पार्टी सचिव समेत हुनुहुन्छ । उहाँ पार्टी अध्यक्ष भएमा पार्टीमा कार्यकर्ताको मनोभावना बुझ्ने र आत्मबल बढेर आगामी निर्वाचनमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा समेत पार्टीलाई अव्वल बनाउन सहज हुने एमाले नेता कार्यकर्ताको बुझाई रहेको छ । 

 


यद्यपी निर्वाचन  आउन ४ दिन बाँकी रहेकोले निर्वाचन हुने वा सहमतिमै नेतृत्व ढुंगिने भने पार्टीको अधिवेशन मै थाहा हुनेछ ।  एमाले केन्द्रबाट नै जनप्रतिनिधिहरु पार्टीको पदाधिकारी हुन नमिल्ने निर्णय गरेका कारण भने केही जनप्रतिनिधिहरु पार्टी नेतृत्वमा आउन नमिल्न हुनसक्ने एमालेका एक नेताले रानीमहललाई बताउनुभयो । 

 

यस्तै एमाले नेतृत्वमा पोखरेलसँगै ओमबहादुर घर्तीको समेत चर्चा रहेको छ ।  उहाँले समेत आफू अध्यक्षमा दावी रहेकाे बताउनुभएकाे छ । 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update