Erani Mahal
रिब्दिकाेटकाे जंगलमा भेटिएकाे विस्फाेटक पदार्थ डिस्पाेज

पाल्पा -  रिब्दीकोट गाउँपालिका– सोमर सामुदायिक वन नजिकै विष्फोटक पदार्थ भेटिएको छ । स्थानीयले कालिका मन्दिर परीसर सरसफाई गर्ने क्रममा मन्दिरदेखी  ५० मिटर टाढा लालिगुराँसको फेदमा बिस्फोटक पदार्थ भेटाएका हुन् ।

 

उनीहरुले बिस्फोटक पदार्थ जस्तो देखिने वस्तु फेला परेको भनि प्रहरीलाई खबर गरेका थिए। खबर लगत्तै इलाका प्रहरी कार्यालय मुझुङबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले अनुसन्धान गरी उक्त स्थान सुरक्षित  राखेको थियो ।

 

अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरीक्षक र  दि फेमस महेन्द्र दल गण नागपोखरी व्यारेकबाट उप–सेनानीको कमाण्डमा खटिएको सुरक्षाकर्मीको टोलीले शुक्रबार बिष्फोटक पदार्थ डिस्पोज गरेको छ । उक्त घटनाको विषयमा प्रहरीले थप अनुुसन्धान गरिरहेको छ ।

 
 
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update