तानसेन – जिल्लाको राम्दीमा एकादशी मेला हुने भएको छ । जिल्लास्थित लोकदोहोरी प्रतिष्ठान नेपाल पाल्पाको सक्रियतामा राम्दीमा एकादशी मेला तथा कलाकार सम्मान कार्यक्रम हुने भएको हो ।
आगामी मंसिर ७ गते राम्दीमा मेला हुने आयोजक समितिका संयोजक एवं प्रष्ठिानका अध्यक्ष कमल भट्टराईले जानकारी दिनुभयो । हाम्रो राम्दी हाम्रो धाम, एकादशी मेला सबै राम्दी जाम भन्ने नारासहित यहाँ एकादशी मेला गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
पाल्पा र स्याङ्जा जिल्लाको सिमानामा रहेको ऐतिहासिक राम्दी धामको प्रचारप्रसार गर्ने, यहाँका स्थानीय ऐतिहासिक स्थलको प्रचार गर्न तथा स्थानीय लोककला संस्कृतिको संरक्षण गर्न एक दिने मेला गर्न लागेको प्रतिष्ठानका उपाध्यक्ष रुपेश कार्कीले जानकारी दिनुभयो । मेलाको अवसरमा बरिष्ठ लोकगायिका पाल्पा बगनासकालीमा जन्मनुभएका लक्ष्मी न्यौपानेलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । मेलाको अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले आ–आफ्नो प्रस्तुती दिनुहुने कार्यक्रम रहेको प्रष्ठिानका सचिव गणेश न्यौपानेले बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम राना, तानसेन ६ का वडाअध्यक्ष सागरमान महर्जन, पत्रकार माधव अर्याल, यज्ञमूर्ति तिमिल्सिना, कमल अधिकारीलगायतले बोल्नुभएको थियो । मेलामा १० हजार बढी दर्शक सहभागी हुने अनुमान गरिएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८० १९:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय