Erani Mahal
भाइटीकाकाे उत्तम साइत : कात्तिक २९ गते बुधबार १०: ५१ बजे
bhai-tika1
पाल्पा – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०: ५१ बजे शुभ रहेको जनाएको छ । भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०:५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयाे । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको समितिले जनाएको छ । यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि सुरु हुने छ । तिहार नेपालीको दोस्रो ठूलो चाड हो । नेपालमा धेरैले मनाउने दसैँ र तिहारलाई राष्ट्रिय पर्वका रुपमा मनाइन्छ । तिहार पाँच दिनसम्म मनाउने गरिन्छ । हेर्नुहाेस् सूचना
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  २०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update