Erani Mahal
नेपाल सम्बत ११४४ को अवसरमा तानसेनमा -याली
nepal sambat1
पाल्पा – नेपाल सम्बत ११४४ को अवसरमा मङ्गलबार तानसेनमा विविध कार्यक्रम गरिएको छ । नेपाल सम्बतको अवसरमा तानसेनमा ¥याली, लाखे नाच प्रदर्शनलगायतका कार्यक्रम भएको हो । नेपाल सम्बतको अवसरमा पासा खःल तानसेनको आयोजनामा टुँडिखेलमा रहेको शंखधर साख्वाको शालिकमा माल्यार्पण गरेर साख्वाको सम्मान गरेको पासा खःलका अध्यक्ष देवेन्द्रमान शाक्यले जानकारी दिनुभयो । नेपाल सम्बतलाई सबैको साझा सम्बतका रुपमा प्रयोगमा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । तानसेनका स्थानीय बासिन्दासहित विभिन्न सङ्घसंस्थाले आ–आफ्नो पहिचान झल्कने पोशाकसहित ¥याली गरेका थिए । यस्तै नेपाल सम्बत्को स्वागतमा तानसेनमै नेवार समुदायले लाखे नाच देखाएका छन् । तानसेन बसपार्कस्थित इलाभेन ब्रदर्शले नेपाल सम्बत्को स्वागतमा मोटरसाइकल ¥याली निकालेको ब्रदर्शका अध्यक्ष सुशील शाक्यले बताउनुभयो । जिल्लाका अन्य स्थानमा पनि नेपाल सम्वतलाई विभिन्न कार्यक्रम गरी स्वागत गरिएको छ । रामपुर, हार्थोक, छहरा, बर्तुङ्लगायतका स्थानमा नेपाल सम्बतको अवसरमा विविध कार्यक्रम भएका हुन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update