Erani Mahal
स्वास्थ्य कार्यालय पाल्पा लुम्बिनी प्रदेशमै प्रथम
health-office-palpa
तानसेन – आर्थिक वर्ष २०७९/०८० मा स्वास्थ्य कार्यालय पाल्पा लुम्बिनी प्रदेशमै प्रथम भएको छ । गत आवमा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक प्रगतिको मुख्य सूचकाङ्कको मुल्याङ्कनको आधारमा पाल्पा जिल्ला प्रथम भएको हो । लुम्बिनी प्रदेशभर रहेका १२ स्वास्थ्य कार्यालयहरूमध्ये सबैभन्दा राम्रो प्रगति गरेको आधारमा पाल्पा स्वास्थ्य कार्यालय प्रथम भएको स्वास्थ्य निर्देशनालय देउखुरीले जनाएको छ । स्वास्थ्य कार्यालयले लुम्विनी प्रदेश सरकारले अख्तियार गरेका स्वास्थ्य सम्बन्धी योजना तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गरेको निर्देशक डा. विनोदकुमार गिरीले जानकारी दिनुभयो । अन्य जिल्लाको भन्दा स्वास्थ्य कार्यालय पाल्पाले प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update