तानसेन – तानसेनमा ‘प्रथम रोटी महोत्सव’ हुने भएको छ । स्थानीय कुटीर उद्योगहरूबाट उत्पादित बस्तुको प्रचारप्रसार गर्ने उद्देश्यले यही आउने कात्तिक २४ र २५ गते प्रथम रोटी महोत्सव हुन लागेको पाल्पा उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
महोत्सवमा स्थानीय नेवार समुदायमा प्रचलित विभिन्न प्रकारका रोटीको प्रदर्शन गर्दै त्यसको बारेमा आगन्तुकलाई जानकारी दिइने सङ्घका अध्यक्ष शैलेन्द्र भट्टराईले जानकारी दिनुभयो ।
स्थानीय घरेलु तथा कुटीर उद्योगहरूबाट उत्पादित खाद्य बस्तुको प्रचार गरी ब्राण्डिङ् गर्न प्रथम रोटी महोत्सव गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
महोत्सवमा स्थानीय बासिन्दाका रोटीहरूको स्टल रहने तानसेन–३, का वडा अध्यक्ष बावुरन्त शाक्यले बताउनुभयो । महोत्सवले परम्परादेखि विभिन्न चाड पर्वमा खाइने रोटीको संरक्षण र प्रचार गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८० १९:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय