पाल्पा – पाल्पामा डुबेर पुनः अर्को एक जना युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत उत्तरप्रदेश मगहरकाजिपुर घर भइ नेपाल घुम्न आउनुभएकी शाहिस्ता प्रविन रहनुभएको छ ।
मङ्गलबार दिउँशो भारतबाट शैक्षिक भ्रमणका क्रममा पाल्पा आउनुभएका प्रविनको तिनाउ नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जिल्लाको तिनाउ गाउँपालिका–३, स्थित ड्याम नजिकै साथीहरूसँगै फोटो खिच्ने क्रममा तिनाउ नदीमा लडी डुबेर ती युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि मङ्गलबार बिहान एक जना युवकको तिनाउस्थित भूतखोलामा डुबेर मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८० २१:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय