पाल्पा – माथागढी गाउँपालिकाले जाजरकोट र रुकुमपश्चिमका भुकम्प प्रभावित नागरिकको सहयोगका लागि पाँच लाख रुपियाँ राहत उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाको कार्यपालिका बैठकले जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावित नागरिकको राहतका लागि पाँच लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले जानकारी दिनुभयो । पालिकाको विपद् कोषबाट भुकम्प प्रभावितका लागि राहत रकम प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष चिदीले जानकारी दिनुभयो ।
शुक्रबार राति गएको भुकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५० बढी नागरिकको मृत्यु भएको थियो भने हजारौँ नागरिक प्रभावित भएका छन् । भुकम्पबाट प्रभावित नागरिकको हितमा खर्च हुने गरी रकम नेपाल सरकारको खातामा जम्मा गरिने गाउँपालिकाका प्रमुख प्रकाशकीय अधिकृत रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८० २०:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय