पाल्पा – जिल्लाको माथागढी गाउँपालिकाले पालिका भित्रमा व्यवसायिक रुपमा फुलखेतीको लागि प्रोत्साहन गरेको छ । गाउँपालिकाको कृषि शाखाले गाउँपालिकाको परिसरमै नर्सरी तयारी गरेर लाखौं विरुवा व्यवसायिक किसानहरुलाई वितरण गरेको जनाएको छ ।
गाउँपालिकाको ब्यबसायिक फुलखेती प्रोत्साहन कार्यक्रम अन्तर्गत गाउँपालिकाको बिभिन्न वडाहरुमा अहिले सयपत्री फुलको ब्यबसायिक उत्पादन भइरहेको कृषि शाखाका प्रमुख गौतम थापाले बताउनुभयो ।
थापाको अनुसार माथागढी गाउँपालिकालाई सयपत्री फूलमा आत्मनिर्भर बनाउने योजना अनुसार कृषकहरुको उत्साहजनक सहभागितामा लगभग ३० रोपनी क्षेत्रफलमा सयपत्री फुलखेती विस्तार भएको छ ।
हाम्रो स्थानीय कृषक तथा उत्पादनलाई प्रोत्साहन गर्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुहुन सम्बन्धित सबैमा अनुरोध छ शाखा प्रमुख थापाले भन्नुभयाे । चाडपर्ब, बिहे, ब्रतबन्ध तथा अन्य समारोहमा सयपत्री फुल तथा माला थोक तथा खुद्रामा आवश्यक परेमा आफ्नो पाएक पर्ने ठाउँमा सम्पर्क गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुहुन सम्बन्धित सबैमा अनुरोध छ ।
पालिकाको वडा नं. १ मा विजया जिसी र महेन्द्र जिसी, वडा नं. २ मा यान सिं थापा, दामोदर घर्ती, सुनिता घर्ती, टोप राज पौडेल, टोप बहादुर ढेंगा, माथागढी ४ मा जीबन भट्टराईले व्यवसायिक रुपमा फुल खेती गरेको गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो ।
गाउँपालिकाले आयातित मालाको साटोमा स्थानीय माला र फुललाई नै प्रयोग गर्न किसानहरुलाई समेत प्रोत्साहन गरिएको बताउनुभयो । उहाँले गाउँपालिकामा कृषकलाई फुलखेतीमा प्रोत्साहन गर्न निशुल्क रुपमा विरुवा वितरण समेत गरिएको बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८० ०८:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय